दैलेख, २० जेठ । प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर आफ्नै श्रीमती बिक्रि गरेका दैलेखको भैरवी गाउँपालिका ४ का २१ वर्षीया टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले आईतवार ३८ वर्ष ६ महिना कैद ३ लाख जरिवाना फैसला सुनाएको छ ।
२०७४ माघमा उनले आफ्नै श्रीमती र छोरालाई २ लाख २० हजार भारुमा बेचेको भन्दै ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखन सम्वन्धी मुद्दा अनुसन्धान भई दिईएको जाहेरीको आधारमा उनलाई फैसला सुनाईएको हो ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाईएको हो । फैसला अनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१) वमोजिम १५ बर्ष कैद एक लाख जरिवाना, सोही ऐनको दफा १५ ( ४) वमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७(१) वमोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत दैलेखका प्रवक्ता बिनोद आचार्यले जानकारी दिएका छन् ।
प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर २०७४ माघमा उनले श्रीमती र छोरालाई बेचेका थिए । शक्ति नेपालकै पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकील कार्यालयले भदौ ३ गते दैलेख जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो ।
घटनाको प्राप्त सूचनाका आधारमा शक्ति नेपाल र एक संस्थाको पहलमा बैंगलोरबाट उद्धार गरी नेपालगञ्ज हँुदै काठमाण्डौं पु¥याएर पीडित आमा छोरालाई आश्रय संगै कानूनी उपचार प्रक्रिया अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्