ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहेको प्रस्ताव अस्वीकार गर्दै आफ्नै प्रेमिकाको हत्या


एबीसी न्यूज
२१ जेष्ठ २०७६, मंगलबार   ९ : ४७   बजे

रुपन्देही , २१ जेष्ठ । प्रदेश ५ स्थित रुपन्देहीमा एक युवाले बिहेको प्रस्ताव अस्वीकार गर्दै आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका वडा नम्बर १ बस्ने असिरुद्धिन मुसलमानले प्रेमिका सबनम नाउँको हत्या गरेका हुन्।

सबनम वैशाख ३० गते राती आफ्नै घरबाट हराएकी थिईन्। उनी जेठ १ गते घर नजिक रुपन्देही र कपिलवस्तुको सीमास्थित सुख्खा खोलामा मृत अवस्थामा फेला परेकी थिईन्।घरनजिकै बस्ने असिरुद्धिनसँग माया प्रेम रहेको अनुसन्धानका क्रममा खुलेको र मायाप्रेमकै कारण सबनमको हत्या असिरुद्धिन र उनका साथीहरु मिलेर गरेको रुपन्देही जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हृदय थापाले बताउनुभयो ।

मृतकले आफ्ना प्रेमीलाई विवाह गर्न दवाब दिएको तर नमानिरहेको अवस्थामा घटनाका दिन राती सबनमलाई असिरुद्धिनले घरबाट बाहिर निस्कन लगाएर ५०० मिटर पर लगी घाँटीमा सलले कसेर हत्या गरेको अनुसन्धानले देखाएको थापाको भनाई छ।मृतकले २ वटा सुरुवाल लगाएको फेला परेको छ। घरबाट भागेर जाने भनेर असिरुद्धिनले दुईवटा सुरुवाल लगाएर आउन भनेको अहिले विवाह नगरौ भनेपछि सबनमले २ झापड गालामा हिर्काएको बयान असिरुद्धिनले दिएको प्रहरीले जनाएको छ।

२ झापड हानेपछि आक्रोशित असिरुद्धिनले साथीहरु बोलाएर सबनमको घाटीमा पछ्यौराले कसेर हत्या गरेका थिए। उनीहरुले हत्या लगत्तै सबनमको मृत शरीरलाई कसैले नदेखोस भनि घाँसपातले सोही स्थानमा छोपी गएको र भोलिपल्ट पुनः त्यहा राती आएर लासलाई नजिकैको सुख्खा खोलामा छाडेर गएको अनुसन्धानमा खुल्न आएको छ।असिरुद्धिन र उनका साथी अस्लम दुवैजना घटनाकै दिनदेखि फरार थिए। उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीले नियन्त्रणमा लिएको थियो।

उनीहरु भागेर भारत आफन्तकहाँ समेत पुगेको र पछि फर्केर नेपाल आउँदा पक्राउ परेको जनाईएको छ। यो घटनामा थप एक जना संलग्न रहेको र छिटै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ।हत्या आरोपित दुबैजनालाई कर्तब्य ज्यानको मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu