ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीको आन्दोलनले छोएन वैदेशिक रोजगारमा जाने युवालाई


एबीसी न्यूज
२१ जेष्ठ २०७६, मंगलबार   ७ : २३   बजे

 

 

काठमाडौँ, २१ जेठ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन ।

आफूहरुले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् ।

श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले भनेजस्तो कामदारको उठान ठप्पै भएको भन्ने होइन, यसअघिका दिनकै अनुपातमा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् ।”

आज अपराह्न ३ बजेसम्म ३५० कामदार संस्थागत श्रम स्वीकृति लिएर उडेको उहाँले बताउनुभयो । त्यसैगरी सोमबार संस्थागत श्रम स्वीकृति लिएका ३२९ र व्यक्तिगत श्रम स्वीकृति लिएका ५७४ युवा विदेशिएका प्रमुख घिमिरेले जानकारी दिनुभयो । व्यवसायीको आन्दोलनका वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या केही कम देखिएको उहाँको भनाइ थियो । सोमबार र मङ्गलबार वैदेशिक रोजगारीमा जाने युवामा अधिकांश मलेसियाका लागि ‘कलिङ भिषा’ पाइसकेका कामदार रहेका छन् ।

सङ्घमा आबद्ध व्यवसायीले यही जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर छबुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

सङ्घले इजाजत लिन राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्न, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिन, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत् मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu