ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेटर प्रेस विस्थापित हुने अवस्थामा


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ४ : ४३   बजे

 

काठमाडौं,२२ जेठ । कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस जिल्लामा अहिले केही मात्र सञ्चालनमा छन् ।

लेटर प्रेसले छपाइ ढिलो हुने ग्राहकको चाहनाअनुसार गुणस्तर दिन नसक्ने, स्पष्ट अक्षर नहुने र दक्ष जनशतिm अभाव हुने भएकाले लेटर प्रेस विस्थापित भएका आयुषमान अफसेट प्रेसका सञ्चालक वीरेन्द्रप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार समयको माग र ग्राहकको छिटो सेवाका लागि लेटर प्रेसबाट ती काम असम्भव भएकाले हटाउनु परेको हो ।

विद्युत् नहुँदा पनि काम गर्न सजिलो सस्तो नेपाली कागजमा छाप्न सजिलो हुने जस्ता गुण लेटर प्रेसका भए पनि कम्प्युटरको समयमा अब त्यो काम ढिलो भएकाले विस्तारै विस्थापित हुन पुगेका उहाँको भनाइ छ । त्यस्तै दिपिका प्रिटिङ पे्रसका सञ्चालक रमानन्द गुप्ताले पनि आफूसँग भएको लेटर प्रेस बेच्ने तरखरमा रहेको बताउनुभयो । छपाइमा ढिलो भएर सेवाग्राहीलाई समयमै पु¥याउन नसकिन गुणस्तर डिजाइन बनाउन नसकिनेलगायतका कारणले आफूले लेटर प्रेसको बिक्री गर्न लागेको उहाँले बताउनुभयो ।

अफसेट पे्रसबाट दैनिक डेढ लाखप्रति छापन सकिने तर लेटर पे्रसबाट १० हजारप्रति पनि छाप्न गाह्रो भएको अनुभव उहाँले सुनाउनुभयो । त्यस्तै लहान नगरपालिका–८ स्थित रहेको यादव छापाखानाका सञ्चालक प्रवीण यादवले करीब ३० वर्ष अघि नै रु ६० हजारमा किनेको लेटर प्रेस कवाडी मूल्यमा बेचेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu