प्यूठान, २३ जेठ । जंगलमा बसेर लघु बित्तको पैसा लुटेको आरोपमा ४ जना पक्राउ गरेको छ । बुधबार स्वर्गद्धारी नगरपालिका २ खाल गाउँबाट बचत रकम लिएर भिंग्री झर्ने क्रममा सुर्योदय लघुवित्तकी कर्मचारी सुशीला के।सी।लाई लुटेका चार जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्वर्गद्धारी नगरपालिका २ का स्थानीय जीवन हजाल, निरज बि क, कुसल सेन र निर्दोष सेन ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
चार जना लुटेराको समुहले ब्ल्यांकेट ओढाएर ३ लाख १२ हजार ५ सय रुपैया लुटेका थिए । बिहिबार जिल्ला प्रहरीका कार्यालयका प्रमुुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीको टोलीले स्वर्गद्धारी नगरपालिकाबाट पक्राउ गरेको हो ।
लुटेको रकम सहित चार जनालाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा ल्याएको बुढाथोकीको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान गरी कानुनी पक्रिया अगाडी बढाइने प्रहरी कार्यालयले जनाएको छ ।पक्राउ पर्ने जिवन हमाल हप्ता अगाडि प्यूठानको रेडियो स्वर्गद्धारीबाट निष्काषित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्