ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ– वरिष्ठ नेता पौडेल


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   ५ : १६   बजे

काठमाडौं, २६ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिनुभएको छ ।

तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उहाँले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौ, तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो ।” स्थानीयवासी अग्रसर हुने हो भने चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “साहित्यमार्फत पर्यटन विकास गर्न सम्भव छ, चुँदीरम्घालाई साहित्यिक उद्यानको रुपमा विकास गर्न बजेटको कमी हुँदैन । अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीको प्रतिबद्धता भइसकेको छ ।”

फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ ।”

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, उर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्नेमा सुझाव दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पुल निर्माणसँगै चुँदीरम्घाको पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

तत्कालिन जिल्ला विकास समितिमार्फत विसं २०७३ वैशाख १६ गते शुरु भएको पुलको निर्माण कार्य विसं २०७५ वैशाख १३ गते सम्पन्न भएको थियो । रु दुई करोड ८९ लाख ३४ हजार ४७ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मि र चौडाई ४/२५ मि रहेको जिल्ला समन्वय समितिका इञ्जिनीयर सुरेश अधिकारीले जानकारी दिनुभयो ।

पुल निर्माणभएसँगै स्थानीयवासीलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माण नहुँदा वर्षायाममा चुँदी खोलाले मानवीय क्षति पुगेको थियो, अब भने सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group