ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा रात्री बस असार १ देखि पुन: सुचारु हुने (भिडियोसहित)


एबीसी न्यूज
२८ जेष्ठ २०७६, मंगलबार   २ : १२   बजे

काठमाडौँ, २८ जेठ । उपत्यकामा रात्री बस सेवा पुनः सञ्चालन हुने भएको छ । सात वर्षअघि सञ्चालनमा आएको यो सेवा प्रभावकारी हुन नसक्दा बन्द भएको थियो । रात्रीकालीन यात्रुसेवालाई व्यवस्थित गर्न रात्रीकालीन यातायात सेवा सुचारु हुन लागेको हो ।

रात्रीकालीन यात्रुलाई यातायात सेवा दिन यातायात विभागबाट यही असार १ देखि पुन यो सेवा सुचारु हुने भएको छ । करिब ७ वर्ष पहिले बन्द भएको रात्री यातायात सेवा पुनः संचालनमा आउन लागेको हो । रातीको समयमा यात्रुलाई सेवा दिन सरकारले रात्री बस सञ्चालन गर्ने तयारी गरेको हो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा २०६९ को भदौबाट रात्रीकालिन बस सेवा सुरु भएको थियो । तर रातको समयमा यात्रुको चाप कम भएकाले सवारी सञ्चालन खर्च उठाउन नसकेको भन्दै बन्द भएको थियो ।

काठमाडौंमा अधिकांश रुटमा यात्रुहरुलाई रातको ८ बजेपछि गाडी पाउन धेरै मुस्किल पर्छ । सवारी कम भएपछि र यात्रुहरुको चाप बढ्दै गएपछि रातीको समयमा सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । काठमाडौ उपत्यकाभित्र सात बजेपछि यात्रुहरुको लागी सार्वजानिक ठुला सवारीसाधान उपलब्ध नभएको कारण रात्री बस सञ्चालन गर्ने तयारी गरेको यातायात विभागका प्रवक्ता तिर्थराज खनाल बताउँछन ।

यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि एक दर्जन यातायात कम्पनीले समेत यसमा चासो दिएका छन् । राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको यात्रुहरुलाई धेरै नै समस्या हुदै आएको छ । यसका लागि विभागले महानगरिय टाफ्रिक प्रहरी, काठमाडौ महानगरपालीका, यातायात व्यवसायी तथा यससँग सम्बन्धित विज्ञसँग छलफल भएको विभागले जनाएको छ ।

साँझसम्म काम गर्ने मजदुर तथा व्यावसायीहरु राती बस नपाउँदा घर फर्कन समस्या भएको भन्दै पटक पटक गुनासो आएको प्रवक्ता खनालको बताए । गुनासो बढ्दै गएपछि समस्या सामधानका लागि महानगरिय टाफ्रिक प्रहरी, काठमाडौ महानगरपालीका, उपभोक्ता समुह र निजि क्षेत्रका यातायात व्यवसायीहरुसंग पनि छलफल भएको प्रवक्ता खनाल बताउँछन ।

सरकारले पुनः संचालनमा ल्याउने यातायात सेवा सूचारु सबैका लागि खुशीको सन्देश हो । तर सरकारले सेवा सुचारु गरेपछि सेवाको अनुगमन गर्न र यसलाई निरन्तरता दिन सकेमा मात्रै सरकारी लक्ष्य पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group