ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एतिहासिक जानकी मन्दिरले र उद्योगहरुले विद्युत महशुल नर्तिदा बक्यौता रकम बढ्दै ( भिडियोसहित)


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   १२ : २४   बजे


धनुषा, ३० जेठ । धनुषामा मठ मन्दिरसहित सरकारी तथा नीजि उद्योगहरुले समयमै विद्युत महशुल नर्तिदा कार्यालयहरुको बांकी बक्यौता बढ्दै गएको छ । अधिकांश सरकारी, नीजि कार्यालय र मठ मन्दिरहरुले विद्युत प्राधिकरणलाई समयमा विद्युत महशुल नर्तिदा बक्यौता रकम बढ्दै गएको हो ।

मिथिलाको प्रसिद्ध धार्मिक एवं एतिहासिक जानकी मन्दिरले वर्षौदेखि विद्युत महशुल नर्तिदा मन्दिरमाथि ६८ लाख भन्दा बढी बक्यौता बांकी रहेको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र कार्यालयले जनाएको छ । विद्युत महशुल नतिर्दा पटक पटक मन्दिरमा जोडिएको विद्युतको लाईन काटिएको छ । तरपनि विभिन्न दबावका कारण लाइन जोड् आफुहरु बाध्य भएको नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका कार्यालय प्रमुख सुर्यारायण मण्डल बताउंछन् ।

जानकी मन्दिरले चार वटा विद्युत मिटर प्रयोग गरिरहेको छ । जसमध्ये मन्दिरभित्र दुई वटा रहेका छन् भने जानकी मन्दिर परिसर भित्रै रहेको लक्ष्मण मन्दिर र रामजानकी विवाह मण्डपमा गरी अरु दुई मिटर रहेका छन् । मन्दिरको पहिलो मिटरमा ३ लाख ६ सय २० रुपैया १३ पैसा, दोस्रो मिटरमा ५२ लाख चार हजार ९ सय ५०, तेस्रो मिटरमा ५५ लाख ६ हजार ६ सय ९७ र रामजानकी विवाह मण्डप स्थित रहको मिटरमा सातलाख ७४ हजार २ सय ३२ रुपैयाँ गरी जम्मा ६८ लाख ३६ हजार ५ सय १ रुपैयाँ ५६ रुपैयां रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

मन्दिरले विद्युत महशुल नतिर्दा पटक पटक विद्युतको लाईन काटिए पनि आर्थिक चलखेल गरी पुनः विद्युत जडान हुने गरेको स्रोतको दावी छ । मन्दिरमाथि लाखौं रकम बक्यौता हुँदा पनि कार्यालयको फितलो व्यवस्था र कर्मचारीहरु लोभमा परेर पुनः विद्युत जडान गरिएको हो ।
यता जानकी मन्दिरका छोटा महन्थ राम रोसन दासले विद्युत महसुल धेरै पहिलादेखि रहेको स्वीकार गर्छन् । मन्दिरभित्र करिब एक दसक अघि विभिन्न कार्र्यालयहरु संचालनमा हुँदा विद्युत प्रधिकरण एक पटक पनि ताकेता नगरेको अहिले बारम्बार महशुल तिर्न बाध्य बनाएको भन्दै महशुल तिर्न नसक्ने बताए ।

मन्दिरका छोटा महन्थ रामरोसन दास बैष्णवले मन्दिरमा रकम नभएको बताए पनि मन्दिरको एक वर्षको बाहिरी आम्दानी मात्र १ करोड भन्दा बढि छ । विद्युत महशुल तिर्न शिवालय मन्दिरले २४ लाख ५ हजार ६ सय २७ रुपैयाँ ७८ पैसा र कपिलेश्वरनाथ महादेव मन्दिरले तीन लाख ३१ ह्जार ८ सय ९४ रुपैयाँ ९० पैसा रहेको छ ।

जिल्लामा रहेको सरकारी कार्यालयहरुले समेत समयमा विद्युत महशुल तिर्ने गरेका छैनन् । जिल्ला अधिकांश सरकारी कार्यालयमाथि लाखौं रकम बक्यौता रहेपनि विद्युत महशुल नतिर्दा बक्यौता रकम दिनानुदिन बढदै गएको छ । सडक विभागको २७ लाख ७ हजार ६ सय सात रुपैयां बक्यौता रहेको छ । यस्तै, निर्वाचन आयोग कार्यालयले प्रयोग गर्दै आएको तीन वटा मिटर मिलाएर ६ लाख ९० हजार ९ सय ७५ रुपैयाँ ७७ पैसा बक्यौता रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिको ८ लाख ३५ हजार ५ सय ७२ रुपैयाँ १३ पैसा बक्यौता बाँकी रहेको छ । यस्तै कृषि फर्म भनेर लिइएको मिटर माथि साढे ९ लाख भन्दा बढी, पशु विकासको तीन लाख ६ हजार ४०, अतिथि ग्रृहले प्रयोग गर्दै आएको दुई वटा मिटर मिलाएर ८ लाख १२ हजार ७ सय २४ रुपैयाँ ३६ पैसा, नेपाल रेडक्रस सोसाईटीको ५ लाख ६७ हजार ९ सय ३० रपैयाँ ५६ पैसा र जिल्ला मालपोत कार्यालयको दुई लाख ४ हजार ५ सय ४ रुपैयाँ बक्यौता रहेको छ ।

आम सर्वसाधारणसंग एक रुपैयां पनि नछोड्ने विद्युत प्राधिकरणले सरकारी कार्यालयको बक्यौता उठाउन नसकेको भन्दै स्थानीय बासिन्दाले भने रोष प्रकट गरेका छने । विद्युत महशुल नतिर्ने जोसुकैलाई कानुनी कार्वाही गर्न उनीहरुले माग गरेका छन् ।

सरकारी कार्यालय र मठमन्दिरले समयमा विद्युत महसुल नतिर्दा प्राधिकरण भने विभिन्न समस्या झेल्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group