ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोक सेवा आयोगको विज्ञापनको विषमा विवाद बढ्दै, आयोगबाट विज्ञापन अनुरुपको दरखास्त लिने क्रम जारी ( भिडियोसहित)


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   १२ : ३९   बजे

 

काठमाडौँ, ३० जेठ ।   प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी पदपूर्ति गर्न प्रकाशित विज्ञापन तत्काल खारेज गर्न निर्देशन दिएको छ । समावेशीताको सिद्धान्त विपरित विज्ञापन गरेको भन्दै आयोग र सरकार निर्देशन दिएपछि कर्मचारी भर्नाको विवादित विषय छताछुल्ल भएको छ । प्रदेश लोक सेवा आयोग गठन भैनसकेको अवस्थामा संघीय आयोगले पदपूर्ति गर्न भर्ना प्रकृया अगाडि बढाएको हो ।

लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै गत जेठ १५ गते विज्ञापन प्रकाशित गरेको थियो । ५ सय १५ स्थानीय तहका लागि १३ हजार बढी कर्मचारीहरु आवश्यक रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याँक छ । मन्त्रालयले मागेगरेपछि लोकसेवा आयोगले खाली पद पुर्तिको लागि ९ हजार कर्मचारी माग गरेको हो । तर लोकसेवाले विज्ञापन निकाले लगत्तै समावेशीताको सिद्धान्त विपरित विज्ञापन निकालिएको भन्दै विरोध भएको हो ।

लोकसेवा विज्ञापनको विषयमा मत बाझिएको छ । एकथरी आयोगको विज्ञापन सहि सलामत भएको दावी गर्छन् भने अर्काेथरी समावेशीतालाई अंगिकार नगरेको आरोप छ। तर पनि लोकसेवाले विज्ञापन अनुरुपको दरखास्त लिइरहेको छ । बुधबार बिहानसम्म ९ हजार कर्मचारीको निम्ति ८८ हजार ५८ जनाले दरखास्त दिइसकेका छन् । यो क्रम बढ्दो छ । बुधबार बिहानसम्मको दरखास्त मार्फत एक करोड ५१ लाख ९५ हजार ७ सय ५० राजश्व समेत उठिसकेको छ । विवाको बीच युवाहरु लोकसेवाको दरखास्त भरिरहेका छन् । लाखौ परिक्षार्थीहरुको तयारी भैसकेका अवस्थामा परिक्षा कार्यक्रम गलत भएको भन्दै परिक्षा कुनैपनि हालता रोक्न नहुने उनीहरुको माग छ ।

स्थानीय तहमा कर्मचारीको अभाव छ । कर्मचारीको अभावका कारण दैनिक प्रशासनिक सेवा प्रवाह गर्न हम्मेहम्मे छ । सेवाग्राहीले समयमा काम नपाउँदा गाउँगाउँमा सिंहदरबार आएको हो होइन अन्यौलमा छन् आम नागरिक । तर लोकसेवाको परिक्षा कार्यक्रम गलत भएको भन्नेहरुको पनि लामै लाइन छ । जनशक्तिको अभावमा सेवा दिन समस्या झेलीरहेका स्थानीय तहका जिम्मेवारहरु नै विरोध गरिरहेका छन् । लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्न संघीयताको मर्म विपरित भएको दाबी छ ।

लोकसेवा आयोग कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ उपदफा(५) अनुसार स्थानीय तहमा कर्मचारीको लागि परिक्षा तयारीमा जुटेको छ । आयोगका अनुसार प्रदेशमा आयोग गठन नभएसम्मको लागि स्वीकृत प्रदेश तथा स्थानीय तहको संगठन संरचना र दरबन्दीमा समायोजन हुने व्यवस्था छ ।

कर्मचारीको पदसंख्या तथा समायोजनबाट पदपुर्ति हुन नसक्ने पदसंख्या प्रक्षेपण गरी प्रदेश र स्थानीय तहको रिक्त पद खुलाई पदपुर्तिको लागि सिफारिस गर्न नेपाल सरकारले लोकसेवा आयोगलाई अनुरोध गर्न सक्नेछ भन्ने प्रावधान छ । ऐनको दफा १२ उपदफा(६) मा लोकसेवा आयोगले त्यस्तो पदमा पदपुर्ति सम्बन्धी कारबाही गरी नियुक्तिका लागि सम्बन्धीत प्रदेश वा स्थानीय तहमा सिफारिस गर्नेछ र त्यस्तो कर्मचारीलाई सम्बन्धीत प्रदेश वा स्थानीय तहले नियुक्ति दिनु पर्नेछ भन्ने व्यवस्था वमोजिम सरकारको अनुरोधमा विज्ञापन गरेको स्पष्ट पारेको छ । राज्य व्यवस्था समितिको निर्देशनात्मक पत्र आएको भएपनि लोकसेवाका पदाधिकारी बसेर निर्णय गर्ने अधिकार आयोगसँग भएकोले आगामी निर्णय लोकसेवाले चाहे अनुसार नै हुनसक्ने आयोगका प्रवक्ता किरणराज शर्माले संकेत गरे ।

संसदीय समिति रोक्न निर्देशन दिने, अदालतमा मुद्धा विचाराधिन हुने यता लोकसेवाले दरखास्त लिइरहने र यसको पक्ष र विपक्षमा सडक संघर्ष भइरहँदा कर्मचारी भर्ना प्रक्रियामा ढिलाइ भईरहेको छ । जनशक्ति अभावमा जनता सेवा नपाएर छटपटाइरहेका छन्। यता आयोग र संसदीय समिति विवादमा अल्झिएका छन् । लाखौ परिक्षार्थी अन्यौलमा छन् । आयोगको छवीलाई धुमुल्याउने दुष्प्रयास भएको छ । भने करारबाट दलका आसेपासे भर्ती गर्ने संकेत देखिएको छ । यसले समग्र शासन प्रशासन क्षेत्रमा राजनीतिक अड्डा बन्ने खतरा उत्तिकै छ । यसर्थ आयोगलाई निर्वादरुपले काम गर्न दिए युवा शक्ति सेवा प्रवेश गर्नेछ भने जनता सेवा पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group