ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकलाई आवासको प्रबन्धले न्याय हुन्छ – पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   ७ : ११   बजे

 

काठमाडौं, ३० जेठ ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विपन्न, सिमान्तकृत नागरिकलाई आवासको व्यवस्था गर्नु न्याय भएको बताउनुभएको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालले ‘आवाससम्बन्धी ऐन–२०७५’ सम्बन्धी आज यहाँ आयोजना गरेको छलफलमा उहाँले नेपालको संविधानले आवासलाई मौलिक हकभित्र राखेको हुनाले तत्कालै आवासविहीन नागरिकलाई उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले विपन्न तथा सिमान्तकृत नागरिकका लागि आवास निर्माण गरिदिएपछि उनीहरुलाई थप उत्पादनमूलक काममा लगाउनका लागि प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । एकल महिला, गर्भवती, सुत्केरी महिलाका लागि सुरक्षित खालको काम लगाउनुपर्ने उल्लेख गर्दै नागरिकको आवासको हकलाई सरकारले सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।

एम्नेस्टी इन्टरनेशनल दक्षिण एशिया अनुसन्धानकर्ता राजु चापागार्इंले नेपालको संविधानले कोही पनि घरबारविहीन हुन नपरोस् भन्ने उद्देश्यका साथ आवासको हकलाई मौलिक हकभित्र राखेको हुनाले सोअनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार दलित, थारू, हलियालगायत जमीनमा आश्रित आदिवासी, जनजाति, सीमान्तकृत समुदायलाई समेट्ने गरी आवासको अधिकारसम्बन्धी ऐन संशोधन गर्न जरुरी छ । सरकारले अव्यवस्थित र झुपडी बस्तीमा बसोबास गर्नेको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर आवासको अधिकार सुनिश्चित गरी मानव अधिकार दायित्वलाई पालना गर्न आवश्यक छ ।

एक तिहाइभन्दा कम घर संरचनात्मक हिसाबले असुरक्षित रहेको, झण्डै आधा जनसङ्ख्या गुणस्तरहीन घरमा बसिरहेका र शहरी जनसङ्ख्याको १० जनामा एक जना आवासविहीन भएको हुँदा मानिस सुरक्षित, मानवीय तथा स्थायी अवस्थामा बसोबास गरेको सुनिश्चित गर्नका लागि कानूनी संरक्षणको अविलम्ब आवश्यकता रहेको एम्नेस्टीको भनाइ छ ।

राष्ट्रिय तथ्याङ्कअनुसार नेपालको ४९ प्रतिशत मानिस गुणस्तरहीन आवासमा बसोबास गर्दछन् र ३० प्रतिशतभन्दा कम घर मात्र संरचनात्मक हिसाबले सुरक्षित ठानिएको छ । शहरमा बस्ने १० प्रतिशतसँग आफ्नै घर छैन । चार वर्ष बितिसक्दा पनि आवासविहीन हुन पुगेका ५० प्रतिशत भूकम्पपीडित अझै पनि आफ्नो घर बनाउनका लागि सरकारी अनुदान पर्खिरहेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu