ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरी कुरी गरिरहेका छन् सरकारलाई– मिन विश्वकर्मा


एबीसी न्यूज
२ असार २०७६, सोमबार   १२ : ४८   बजे

 

 

 

काठमाडौं, २ असार । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गर्न गर्न प्रस्ताव पेश गर्नुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुदै उहँले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैया कायम गर्न प्रस्ताव गर्नुभएको हो । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैया खर्च गरेको भन्दै उहाँले बजेटको दुरुपयोग रोक्न माग गर्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठुला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उहाँले औचित्यहिन खर्च घटाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो “कामदारलाई हेलमेट दिएछ । ज्याकेट लगाईदिएछ । बुट लगाईदिएछ यो गर्मिमा पनि । हातमा काम गर्ने औजार चाही बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला । ”

मकै गोड्ने, नाली सफा गर्ने , झार उखेल्ने, सडकको गाई धपाउने , स्कुलका आँगन बडार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरी कुरी गरिरहेका छन् सरकारलाई ।”

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमुलक नभई पर्व र उत्साहको रुपमा मनाईएको आरोप लगाउनुभयो
उहाँले भन्नुभयो “बेल्चाले मकै बारे फाड्ने काम । त्यो गोड्ने होइन । बेल्चाले मकै गोडेको मलाई थाहा छैन । बरु हलोले जोत्नेसम्म देखेको छु । बेल्चाले मकै गोड्दा भएको बाली पनि नष्ट गर्ने काम भएको छ । ”

प्रधनमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक बर्षमा सरकारले ५ लाख वेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने भनेको छ ।

औद्योगिक लगानीको वातावरणको श्रृजना नभएको, खर्च बाड्ने र रमाउने काम भएको ,पर्यटनको नाममा नेता र कार्यकर्ता पिकनिक जाने काम भएको भन्दै उहाँले खर्च कटौति गर्न माग गर्नुभयो । उहाँले आगामी बर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमा निर्यातमा अनुदान दिनुपर्नेमा शिर्षक नै उल्लेख नभएको तथा खाद्यवस्तुको ढुवानीमा भ्याट लागेकाले खाद्यान्नको मुल्य बढेको बताउनुभयो । चालु खर्च अत्यन्तै बढी र औद्योगिक वातावरण श्रृजनाका लागि बजेट नछुटयाईएको तथा गैह् वित्तिय क्षेत्रलाई अनुदान दिने लगायत कामले अर्थतन्त्रलाई नोक्सान पुर्याउने तर्क उहाँले गर्नुभयो ।

सांसद विश्वकर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैया कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group