ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिने– गृहमन्त्री थापा


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   ५ : ३३   बजे

 

काठमाडौं, ६ असार । गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरुबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ द्वारा आज यहाँ आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उहाँले खेलाडीले गर्ने प्रतिस्पर्धाका कारण सम्बन्धित मुलुकबीच दौँत्य सम्बन्ध कायम हुने र मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा तेक्वान्दो खेलले उल्लेखनीय भूमिका खेलेको भन्दै यस खेलको विकासका लागि आफू र आप्mनो मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने बताउनभयो ।

आजदेखि शुरु भएको दुईदिने उक्त प्रतियोगितामा सात प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् । ग्योरीगीतर्फ नौ पुरुष र सात महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका तीन महिला तीन पुरुष गरी कूल १५४ खेलाडी सहभागी छन् ।
खेल दौरान खेलाडीलाई चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बीमासमेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा दोस्रो क्लास रेफ्री उत्तीर्ण हुनु भएको नवीनकुमार श्रेष्ठ, ओलम्पियन सङ्गीना वैद्य, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकूद परिषद्का तालीम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विक, अखिल नेपाल फुटबल सङ््घका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एशियाली तथा दक्षिण एशियाली पदक विजेता मनिता शाहीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

सम्बन्धित

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu