ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाबाटै असमानता र विभेदको अन्त्य हुनेछ– राष्ट्रपति भण्डारी


एबीसी न्यूज
७ असार २०७६, शनिबार   ७ : १२   बजे

 

काठमाडौं, ७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताउनुभएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताउनुभयो ।

हीरक जयन्ती स्तम्भ र विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत निर्मित पक्की भवनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले उच्च शिक्षाको बलियो जगको रुपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो ।

आमा समूहलगायत स्थानीय समुदायलाई परिचालन गर्दै विद्यालयमा स्वस्थ्य र पौष्टिक दिवाखाजा उपलब्ध गराई बालबालिकाको स्वास्थ्य र गुणस्तरीय शिक्षामा जोड दिन पनि राष्ट्रपति भण्डारीले आह्वान गर्नुभयो ।

प्रदेश नं २ सरकारले ल्याएको ‘बेटी बचाऔँ, बेटी पढाआँै’ अभियानमा सबै पक्षलाई अग्रसर बन्न आग्रह गर्नुहुँदै उहाँले शिक्षाका साथै जनस्वास्थ्यलाई सुदृढ र आधारभूत स्वास्थ्य सेवालाई विस्तार गर्न तथा उद्योगको विकासमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रपति भण्डारीले चुरे पर्वत शृङ्खलाको अनियन्त्रित दोहनलाई रोकी वृक्षरोपणलाई तीव्रता दिन, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न, बाढीलगायतको प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारीमा रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो । मन्तव्यका क्रममा राष्ट्रपति भण्डारीले तरहीगाउँमा २१ वर्षअघि आएको र केहीबेर विद्यालयमा बसेको सम्झनासमेत स्मरण गर्नुभयो ।

सो समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछाडि परेको प्रदेश नं २ मा पनि पछाडि रहेको सप्तरीको समृद्धिका लागि उपलब्ध स्रोत, साधन र क्षमतालाई विकास निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकासका लागि महिला–पुरुषको समान सहभागितामा जोड दिनुुहुँदै शिक्षाकै माध्यमबाट महिलालाई सशक्त बनाउन सकिने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद चन्द्रकान्त चौधरी, डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह र प्रधानाध्यापक राजकुमार झाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बतमा बाढीको जोखिम बढेपछि चीनद्वारा उद्धार कार्य स्थगित

जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न ‘डेडिकेटेड’ हेलिकप्टर उडाइँदै

सम्बन्धित

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

सानिमा बैंकले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने

जनैपूर्णिमामा भक्तपुरका किसानले भ्यागुतालाई खुवाए भोज

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu