ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वितरणमुखी नभई व्यावहारिक र कार्यान्वयनमुखी छ– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज
११ असार २०७६, बुधबार   १ : ३०   बजे

 

काठमाडौं ११ असार । राष्ट्रियसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताउनुभयो । उहाँले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रको उन्नयनमा बजेट केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षामा समेत बजेट वृद्धि गरी लोककल्याणकारी राज्यको अवधारणा समेत अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै नेपाली काँग्रेसका सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले भन्नुभयो, “ सो कार्यक्रममा कुनै अनियमितता भएको छैन । आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ । कुनै दुविधा नराख्नुस् ।” सो कार्यक्रमको ध्येय सार्वजनिक निर्माणमा श्रम गर्न चाहने श्रमिकले काम पाऊन् भन्ने रहेको उल्लेख गर्दै उहाँले ७५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा नै यो अगाडि बढ्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता सामाजिक क्षेत्रमा सरकारको लगानी वृद्धि हुँदै गएको, सङ्घीय सरकारले यी क्षेत्रलाई विगतमा भन्दा बढी बजेट उपलब्ध गराएको तथा प्रदेश र स्थानीय सरकारले विनियोजन गरेको बजेटको मात्रा हेर्दा सन्तुष्ट हुने अवस्था रहेको उल्लेख गर्नुभयो । एकीृकत रुपमा ती क्षेत्रमा विनियोजित बजेट नहेरी अनावश्यक टिप्पणी नगर्न समेत उहाँले सांसदलाई आग्रह गर्नुभयो ।

समतामूलक विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने आगामी आर्थिक वर्षको बजेटको लक्ष्य रहेको बताउँदै उहाँले सरकारका नीति, कार्यक्रमअनुसार बजेट विनियोजन गरिएको जिकिर गर्नुभयो ।“मौलिक हक कार्यान्वयन गर्न आगामी बजेटले प्राथमकिता दिएको छ । बजेट वितरणमुखी नभई व्यावहारिक र कार्यान्वयनमुखी छ”, अर्थमन्त्रीले भन्नुभयो ।

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका छलफल र छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ यही असार १५ गतेदेखि २४ गतेसम्म दिने कार्यसूची रहेको राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार १५ गते बिहान ११ बजे बस्नेछ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu