ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन सामुदायिक विद्यालयमा भर्चुअल क्लास


admin
८ कार्तिक २०७४, बुधबार   १ : ३२   बजे

फलेवास, पर्वत, ८ कात्तिक ।  एक दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो ।

गाउँ–गाउँमा इन्टरनेटको विस्तारसंगै भर्चुअल क्लासबाट अब भने अध्ययन अध्यापनमा परिवर्तन आएको छ ।शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थाहा पाउन र थप ज्ञान आर्जन गर्न सक्ने भएका छन् । विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा शुरु गरेसँगै पर्वतमा पनि यस्तो सुविधा भएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् । मन्त्रालयले गत शैक्षिक सत्रदेखि पर्वतका तीन विद्यालयमा ‘भर्चुअल’ कक्षा सञ्चालन गरेको हो ।

जिल्लाको मोदी गाउँपालिका–५स्थित सरस्वती मावि, भुकताङलेस्थित नवज्योति मावि र फलेवास नगरपालिकाको शंकरपोखरीस्थित जनसहयोगी माविमा भर्चुअल क्लास सञ्चालन भइरहेको छ ।

यी विद्यालयमा अहिले केन्द्रका शिक्षकले पढाएको प्रत्यक्ष विद्यार्थीले हेर्न र सुन्न मिल्ने गरी कक्षाको व्यवस्थापन गरेर कक्षा सञ्चालन गरिएको हो ।

सानो ठिमीस्थित केन्द्रीय कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाइएको हो । ती विद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ । प्रत्यक्षरूपमा टेलिभिजन सेटबाट कक्षा शुरु भएपछि विद्यार्थी समेत उत्साहित भएका छन् ।

गत शैक्षिक सत्रदेखि सञ्चालनमा आएको भर्चुअल क्लासमा टेलिभिजन सेटसहितका उपकरण जडान गरेर अध्यापन गराइँदै आएको र यस माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीले धेरै ज्ञान हासिल गर्न सफल भएको विद्यालयका सम्बद्ध प्रधानाध्यापकले जनाएका छन् ।

जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापाले माविस्तरका शिक्षकको व्यवस्था हुननसकेका विद्यालयमा भर्चुअल क्लास उपयोगी बनेको बताउनुभयो । उहाँले शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थी त्यत्तिकै बस्न नपर्ने भन्दै यस्तो सिकाइ उपयोगी हुनेमा जोड दिनुभयोे ।

प्रधानाध्यापक थापाले यसलाई थप प्रभावकारी बनाउन प्रविधिक ज्ञानको लागि स्रोत केन्द्रमार्फत शिक्षकलाई तालीम दिन लागिएको जानकारी दिनुभयो ।

सानो ठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन शुरु गर्छन् । कक्षा शुरु हुनुअघि नै विद्यार्थी भर्चुअल क्लासमा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् । काठमाडौँंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् ।

यसरी पुरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । काठमाडौँमा शिक्षकले पढाएको पाठ, विद्यालयको टेलिभिजनमा हेर्न पाउने भएपछि विद्यार्थीसमेत उत्साहित भई कक्षामा सहभागी हुने गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलले बताउनुभयो ।

विद्यालयका अनुसार अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयका कक्षा इन्टरनेटमार्फत सञ्चालन हुन लागेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group