ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन


एबीसी न्यूज
१४ असार २०७६, शनिबार   १ : ४५   बजे

काठमाडौं, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।

अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका छन् । जनप्रतिनिधि पाटनमा भएपछि स्थानीय तहको बजेट सार्वजनिक हुन सकेको छैन् । जनप्रतिनिधि यार्सा टिप्न पाटन र गाउँपालिकाका प्रशासकीय अधिकृत, लेखापाल सदरमुकाम बस्दा समस्या भएको नागरिक अगुवा शेरबहादुर बुढाले बताउनुभयो ।

पटक÷पटक समयमै बजेट ल्याउन अनुरोध गरिएको र यार्सागुम्बा सङ्कलका लागि व्यवस्थापन राम्रो बनाइदिन आग्रह गरे पनि त्यो सुनुवाइ नभएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो । पाँच स्थानीय तहले यार्सा सङ्कलनलगायत विभिन्न कारण देखाइ बजेट सार्वजनिक गर्न नसकेको जनाएका नेपाल पत्रकार महासङघ डोल्पाका पूर्व अध्यक्ष विष्णुलाल बुढाले बताउनुभयो ।

आन्तरिक तयारी भए पनि बजेट सार्वजनिक हुन केही समय लाग्ने छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो । छार्काताङसोङ, डोल्पोबुद्ध, काइके र शे–फोक्सुण्डो गाउँपालिकाका तथा ठूलिभेरी नगरपालिकामा बजेट सार्वजनिक हुन सकेको छैन् । उपल्लो डोल्पामा बैंक नहुँदा अहिले लेखापाल र प्रशासकीय अधिकृत दुनैमा बसेर उपल्लो डोल्पाको विकास निर्माण भएको भन्दै भुक्तानी दिइरहेका छन् ।

जनप्रतिनिधि यार्सागुम्बा पाटनबाट फर्कने क्रम जारी रहेको छ । अधिकांश समय सदरमुकाम धाउनुपर्ने र माथिल्लो डोल्पामा जनता नै नभेटिने कारणले गर्दा समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही असार २५ गतेसम्म बजेट सार्वजानिक गर्ने सम्भावना रहेको बताइएको छ ।

अहिले यार्सा सिजन केही समयपछि चीनमा व्यापार, चिसोमा तल्लो भेगमा झर्ने समस्याले गर्दा काम गर्न कठिनाई भएको डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनचन्द्र धरालाले बताउनुभयो । अब तीन दिनभित्र कामको भुक्तानी गर्नुपर्ने भएकाले अध्यक्ष लगायतको टोली दुनै आइपुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

यूएईबाट आएको ८० टन राहत सामग्री नेपालले बुझ्यो

Iran War Disrupts Gulf Oil Supply, Boosts Profits for US Energy Firms

Nepal Floods Claim Over 700 Lives, Thousands Rescued

Rainfall Forecasted for Flood-Hit Regions of Nepal

Nepal Floods Leave Hundreds of Tourists Stranded, Rescue Efforts Underway

Nepal Flash Floods Expose Gaps in Disaster Preparedness

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu