ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय वृक्षारोपण दिवस – शहर र सडक हरियाली बनाउने उदेश्य (भिडियोसहित)


एबीसी न्यूज
१५ असार २०७६, आइतबार   २ : २६   बजे

काठमाडौं १५ असार । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने निर्णय गर्दै देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । शहर र सडकलाई हरियाली बनाएर वातावरण स्वस्थ बनाउन वृक्षारोपण अभियान शुरु गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । वृक्षारोपणले पर्यावरणीय सन्तुलन राख्ने, धुलो धुवालाई नियन्त्रण गर्ने भन्दै सवैले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

सरकारले शनिबारबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एक कार्यक्रमका बीच कोटेश्वर – कलंकी सडकखण्ड बिरुवा रोपेर अभियानको शुरुवात गरेका हुन् । सरकारको सक्रियता, सरकारका विभिन्न तह र तप्काका निकायहरु, विभिन्न संघंसस्थाहरु, सरकारको निर्देशन अनुसार सत्तारुढ दलका भ्रातृसंगठनहरु वृक्षारोपणमा सहभागी भएका छन् । काठमाडौंको कोटेश्वर – कलंकी सडकखण्डमा वृक्षारोपण गरिएको हो । सडक खण्डका विभिन्न स्थानमा बोटबिरुवा, फलफुलका विरुवा रोपिएको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रुपमा मनाउने समेत निर्णय गरेको छ । शहर र सडकलाई हरियालीयुक्त र हराभर बनाउनको वृक्षारोपण गरिएको अभियान शुरु गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । वृक्षारोपणलाई देशभर सञ्चालन गर्ने र वर्षेनी निरन्तरता दिने उनको भनाइ छ ।

दिनानुदिन उजाड र प्रदुषित हुँदै गइरहेको काठमाडौंको वातावरण, शनिवार कोटेश्वर सडक खण्डमा वृक्षारोपण गर्नुले सर्वसाधारणले यसलाई सरकारको महत्वपूर्ण कदमको रुपमा लिएका छन् । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेका कारण राजधानीका सडकलाई स्वच्छ र हरियाली बनाउन थाल्नु पर्यावरणीय दृष्टिले मात्र नभइ पर्यटकको आगमनको दृष्टिले सरकारको यो कदम महत्वपूर्ण हुने सर्वसाधारण बताउँछन् । बाइट… श्रीकृष्ण उप्रेती, सर्वसाधारण
प्रदुषित काठमाडौंका सडक वरपर बोट बिरुवा रोप्दा धुलो धुवा नियन्त्रण हुने हुनाले सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । यसले प्राकृतिक र शहरको सौन्दर्यता बढाउने उनीहरुको भनाइ छ । बाइट… दिपक ओली, सर्वसाधारण
सरकारले यसपटक २६०० बिरुवा रोप्ने बताएको छ । आगामी ३ वर्षभित्र ३ करोड बिरुवा र फलफुल रोप्ने जनाएको छ । वृक्षारोपण अभियान शुरु गरेपनि काठमाडौंका विभिन्न खडक खण्ड र काठमाडौं बाहिर पनि विभिन्न शहरमा वृक्षारोपण गर्नु आवश्यक रहेको सर्वसाधरण बताउछन् ।

सरकारले विभिन्न कार्यक्रमहरु यसअघि गरेपनि त्यसलाई निरन्तरता, संरक्षण र सम्बद्र्धन गर्न नसकेको नजिरहरु छन् । एक दिन वृक्षारोपण त गरियो तर रोपेकै बिरुवाको संरक्षण कसले कसरी गर्ने हो त्यसको भन्ने ठेगान नभएको स्थानियको गुनासो रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोपिएको विरुवाको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा आम सर्वसाधारणकै भएको बताएका छन् । विरुवा रोप्ने निकायलाई विरुवा हुर्काउनमा विशेष ध्यान पुर्याउने समेत प्रधानमन्त्री निर्देशन दिए ।

स्वच्छ र हराभरा काठमाडौं र सिंगो नेपाल बनाउन चालिएको यो कदम प्रशंशनिय छ । सरकारी घोषणा जस्तै यसले निरन्तरता पायो भने पक्कै पनि शहरको मुहार फेरिन धेरै समय लाग्दैन । सरकारको मुख नताकी आफु अनुकुल आवश्यक ठाउँमा स्वस्फुर्त रुपमा बिरुवा रोप्न र हुर्काउन नागरिक यस तर्फ लाग्न आवश्यक छ । हैन भने सरकारलेमात्र एक दिन दिवश मनाउदैमा यसले सार्थकता पाउन सक्दैन । रोपिएका विरुवाहरुको संरक्षरण गर्न आम नागरिकको दायित्व भित्र पर्न जान्छ त्यसैले हामी सवैले विरुवाको संरक्षण गरि सचेत नागरिको परिचय दिउँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group