काठमाडौं, १८ असार । मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्। बिहीबार जिल्ला पार्टी कार्यालयमा सांसद गुरुङलाई एक कार्यक्रमका बीच नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको नेकपा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको आतिथ्यतामा पार्टी प्रवेश गराउने कार्यक्रम छ। उनले आफू नेकपा प्रवेश गर्न लागेको जानकारी दिए।
सांसद गुरुङले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए। उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन्।
प्रतिक्रिया दिनुहोस्