ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरप्रमुखद्वारा सभा स्थगित, उपप्रमुखद्वारा सञ्चालन


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ६ : ५८   बजे

 

काठमाडौं, १८ असार । मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण आजका लागि आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको छ । सोे विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थगन गर्नुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी गर्दै आज आह्वान गरिएको विशेष नगरसभा स्थगन गरिएको जानकारी दिनुभयो ।

नगरसभाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख श्रेष्ठले नगरपालिकाको विशेष नगरसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । प्रदेश नं ३ प्रदेशसभाद्वारा जारी भएको नगरसभा सञ्चालन कार्यविधिसम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रुपमा सञ्चालन गर्न बाधा पर्ने भएकाले स्थगन गरिएको स्पष्ट गर्नुभयो ।

नगर प्रमुखमा तत्कालीन नेकपा एमाले बाट उम्मेदवार भई मदनसुन्दर र वडा नं ५ का वडाध्यक्षमा अमृतमान श्रेष्ठ विजयी हुनुभएको हो भने एक वडाध्यक्ष नेमकिपा, एक वडाध्यक्ष स्वतन्त्र तथा अन्य सबै जनप्रतिनिधि नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएका हुन् ।

नगरपालिकामा वडाध्यक्षसहित कार्यपालिका सदस्यसमेत दुई तिहाइ बहुमत रहेकाले सोही बहुमतका आधारमा आज नगर प्रमुखले नगरसभा स्थगन गरे पनि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले आफ्नै अध्यक्षतामा विशेष नगरसभाको बैठक सञ्चालन गर्नुभयो ।

नगरसभामा वडा नं २ का वडाध्यक्ष एवं प्रवक्ता राम थापामगरले सभामा विभिन्न प्रस्ताव राख्नुभयो । उहाँले गत वर्षको नगरसभाले पारित गरेको एकीकृत कर खारेज गर्ने, विभिन्न क्षेत्रमा लगाइएको कर घटाउने, एकीकृत सम्पत्ति कर घटाउने, जग्गाको मूल्याङ्कन घटाउने, नगर प्रमुखले एकल निर्णयबाट सञ्चालन गरेको विभिन्न योजनाको छानविन गर्ने, नगर प्रमुखले नियुक्ति गरेको कमेरोटार जग्गा एकीकरण आयोजनाको प्रमुख बर्खास्त गर्ने र कार्यपालिका बैठकले निर्णय गरी नयाँ नियुक्ति गर्ने, नेपाल कोरियामैत्री अस्पतालमा छानविन गर्ने लगायतका प्रस्ताव पेश गर्नुभयो ।

प्रस्तावमा २० मिनेट छलफल भएपछि वडा नं ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले गत वर्ष गरेको निर्णयको प्रशंसा गर्ने जनप्रतिनिधिले यो सभामा त्यही निर्णयको आलोचना गरेको बताउनुभयो । हतारमा, सस्तो तरिकाले एकपक्षीय ढङ्गले सभा सञ्चालन भएको बताउँदै एक पक्षले गल्ती गर्दा अर्को पक्षले पनि गल्ती दोहो¥याएको बताउनुभयो ।

नगरसभामा प्रस्तुत गरिएका प्रस्ताव बहुमतले पारित गरेको उपप्रमुअ मधिकर्मीले जानकारी दिनुभयो । उहाँले नगरसभा स्थगन गरिएका बारेमा जानकारी नभएको र नगर प्रमुख नआएपछि आफैँले सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा पुनः बाढी आएपछि धुञ्चेसम्म त्रास, स्थानीय सुरक्षित स्थानमा गए

भोटेकोसीमा आएको बाढीले आधा घण्टामै त्रिशूलीको जलसतह ३ मिटर बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu