ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवसेवा आश्रमलाई रु ५० हजार पुरस्कार


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ८ : २०   बजे

 

 

 

 

काठमाडौं, १८ असार । सुगङ्गा स्मृति कोषले यस वर्षको ‘सुगङ्गा पुरस्कार’ मानवसेवाआश्रम बागलुङलाई प्रदान गरेको छ । बुधबार यहाँ आयोजित पुरस्कार समारोहमा जिल्ला मुख्य न्यायाधीश प्रकाशप्रसाद पण्डितले आश्रमका संयोजक सुमिरा लामालाई रु ५० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सहाराविहीन भई सडकमा पुगेका नागरिकलाई आश्रय दिएर उच्च मानवीय सेवा गरेवापत आश्रमलाई पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहणपछि बोल्दै आश्रमका संयोजक लामाले पुरस्कारले कार्य क्षेत्रमा सक्रिय हुन झ्न उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । “जिल्लामा स्थापित बनेको पुरस्कार आश्रमले पाएको छ, हामी उत्साहित छौँ” उहाँले भन्नुभयो, “आश्रम सञ्चालन र व्यवस्थापनमा यसबाट ठूलो सघाउ पुग्नेछ ।”

मुख्य न्यायाधीश पण्डितले विभिन्न क्षेत्रबाट समाजलाई योगदान पु¥याउने व्यक्ति÷संस्थालाई पुरस्कृत गर्ने गरेकामा कोषको प्रशंसा गर्नुभयो । कोषले हरेक दुई वर्षमा ‘सुङ्गा पुरस्कार’ र ‘सुगङ्गा सम्मान’ प्रदान गर्दै आएको छ ।

यो वर्ष ‘सगङ्गा सम्मान’ पनि आश्रमलाई नै प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । दिनदुःखी र बेसहाराको जीवनयापनमा थोरै भए पनि राहत मिलोस् भनेर आश्रमलाई पुरस्कृत तथा सम्मानित गरिएको उहाँको भनाइ छ । आश्रममा अहिले २८ जना सहयोगपेक्षी नागरिकले आश्रय लिइरहेका छन् ।

मनोरोग, अपाङ्गता र गरीबीजस्ता कारणले सहाराबिहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि बागलुङमा आश्रम खोलिएको हो ।

आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ । बागलुङलाई सडक मानवमुक्त शहर बनाउने आश्रमको लक्ष्य छ । बागलुङका अग्रज पत्रकार विदुर खड्काले स्वर्गीय आमा सुमित्रा खड्का र धर्मपत्नी गङ्गा खड्काको स्मृतिमा विसं २०६५ मा कोष स्थापना गर्नुभएको थियो । समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको कोषका संस्थापक÷संरक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu