ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस आन्दोलनको पक्षमा वकालत गर्ने सुखसयलमा , आन्दोलन गरेका युवालाई अझै पनि कष्ट (भिडियोसहित)


एबीसी न्यूज
१९ असार २०७६, बिहिबार   १२ : १२   बजे


काठमाडौं, १९ असोज । मधेस विद्रोहका धेरै सारथीहरू शासन सत्तामा पुगे । आन्दोलनका पक्षमा वकालत र लबिङ गर्ने अभियन्ताहरू शासकीय छनोटमा परे । र, अहिले सुखसयलका साथ जीवनयापन गरिरहेका छन् । संविधान संशोधनको माग राख्दै जनकपुरमा आन्दोलन गरेका युवा भने अझै पनि बेचैन छन् ।

२०७२ पुस १ गते रामजानकी विवाहोत्सवमा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर गएकी बेला कर्णलगायत आठजना आन्दोलनकारीमाथि प्राचीन स्मारक तोडफोडलगायत मुद्दा लगाइएको थियो । आन्दोलनकै हिस्साका रूपमा ‘राष्ट्रपतिविरुद्ध प्रदर्शन’ गर्ने योजनालाई मूर्त रूप दिन कर्णलगायतका आन्दोलनकारीहरू जानकी मन्दिर परिसरमा पुगेका थिए । उनीहरूले बाक्लो र छिद्ररहित सुरक्षा घेरामा जानकी मन्दिरमा पूजाअर्चना गर्न पुगेकी राष्ट्रपतिलाई कालो झन्डा देखाए ।

तर, सरकारले भने उनीहरूविरुद्ध राष्ट्रपतिको अपमान गरेको र मन्दिरको गर्भगृह तोडफोड गरेको आरोप लगायो । कर्णलगायतलाई प्राचीन स्मारक तोडफोड गरेको भनी अभियोजन नै गर्यो । घटनालगत्तै पक्राउ परेका कर्ण जिल्ला अदालत धनुषाको आदेशमा ७० हजार धरौटी तिरेर रिहा भए । तर, त्यसयता तारेख लिने उनको क्रम भने अझै रोकिएको छैन् ।

२०७२ पछि राष्ट्रपति भण्डारी यसवर्ष जानकी नवमीको अवसर पारेर पुनः जनकपुर आएकि थिइन् । ०७२ सालपछि राष्ट्रपति भण्डारीको यो पहिलो भ्रमण थियोे । उनी पूर्वभ्रमणझैं जनकपुरको जानकी मन्दिरमा पूजाअर्चना गरिन तर यसबेला सम्म भने मधेस आन्दोलनको पिडा र जोस सेलाइसकेकोले पहिला जस्तोकेहि भएन । उनि आएर पुजा गरेर फर्किन ।

पूजाआजाले राष्ट्रपति दिनानुदिन सफल र शक्तिशाली हुँदै जानुभएको छ । तर, आत्मसम्मान रक्षा गर्ने माग लिएर लोकतान्त्रिक पद्धतिअनुसार उहाँलाई कालो झन्डा देखाउने कर्णहरू निरीह र कमजोर बन्दैगएका छन् । तत्कालिन आन्दोलनकारी मधेशबादि दल अहिले प्रादेशिक र केन्द्रिय सत्तामा छन् ।

मुद्दा लगाइएका सुसिल कर्णले भने ‘लोकतान्त्रिक तवरले गरिएको आन्दोलनलाई आपराधिक देखाई गरिएको मुद्दापछि हामीले भोग्नुपरेको पीडा र सन्तापकोे क्षतिपूर्ति गर्न सकिँदैन तर मुद्दाको छिनोफानो गरिदिँदा हामी लाइ सहझ हुनथ्यो ।’ उनले भने मेधेसबादि दालले हामीलाइ प्रयोग गरेर सत्तामा पुगेपनि हामी माथि लगाइएको मुद्दामाथि उनीहरुलाइ कुनै सरकोकार छैन् ।

त्यस्तै आन्दोलनकारी सिला झाले भने ‘अचम्मको गणतन्त्र हो यो जहाँ गणसेवकभन्दा गणको काया रुग्न हुँदैछ,’। उनले सरकोरबाला लाइ आफुमाथि लगाइएको मुद्दा फिर्तालिन आग्रह समेत गरिन ।

आन्दोलकैक्रममा २ ओटा मोटरसाइकल जलाइएको भनि २ टा ताडफोड मुद्दा लगाइएका दिपक कुशवाहालाइ जिल्ला अदालत धनुषाले ६ महिना कैद र १ लाख ३५ हजार जरिवाना एउटा मुद्दा र अर्कोमा ६ महिना कैद र ४ लाख २५ हजार जविाना तोकि सकेको छ । दिपकले भने हामी मधेशको आन्दोलन गरेका थियौ तर मधेशबादिले हामीलाइ भजाइ सत्तामा पुग्यो र अदालतले गरेको फैसललाले आफ्नो भविस्यनै बरबाद हुने भयो ।

मधेसका आन्दोलनकारी दलहरूले सरकारसंग आन्दोलनक्रममा सरकारले लगाएका मुद्दा फिर्ताको माग गरेकै हुन् । त्यस विषयमा सरकारसँग पटकपटक सहमति र सम्झौता गरेकै हुन् । तर, कर्णहरूका लागि मुद्दा फिर्ता हुने स्थिति कहिल्यै बनेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu