बझाङ, १९ असार । बझाङको बुंगल नगरपालिका वडा नम्बर २ ताडका बगर नजिकै ललीता धामीको हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ९ जोगबुढा का २६ बर्षिय माधव बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ललीता धामी र माधव बोहरा बिच केही महिना अगाडी फोन मार्फत कुराकानी गर्ने गरेका प्रहरीले जनाएको छ । प्रहरीले उनलाई ससुरालीमा लुकिछिपी बस्दै गरेको अवस्थामा उनलाई प्रक्राउ गरेको हो।
बोहरालाई प्रक्राउ गरी सोधपुछ गर्दा मैले मारेको हुँ भनी स्वीकार गरेको र उनलाई ज्यान मुद्धा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्