ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको आधार गर्न सफल सरकार– मन्त्री ज्ञवाली


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   ७ : ०३   बजे

 

काठमाडौं, २१ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताउनुभएको छ । उहाँले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई स्थापित गर्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधानअनुसार जनताका मौलिकहक स्थापित गर्ने गरी एक वर्षमा कानून निर्माण ग¥यौ र मुलुकमा सबै तहका सरकार सक्रिय ढङ्गले चलेका छन् सङ्घीयताले खुट्टा टेकेर अघि बढने भएको छ ।”

नेकपा बुटवल उपमहानगर कमिटीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनको मुख्य कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउँछौँ ।”

उहाँले सरकार अवसर र जिम्मेवारी रहेको र जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । वर्तमान सरकारले देशको विकास र समृद्धिको बहशलाई अघि बढाएको बताउँदै उहाँले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान नेतृत्वलाई असफल हुने कुनै छुट छैन, यो सिङ्गो नेकपाका कार्यकर्ता र आम मतदातासँग जोडिएको छ ।”

मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले सरकार सही बाटोबाट अघि बढी रहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले एतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीभित्र चलेको वैचारिक विषयमा उहाँले विचारका विषयमा अहिले बहश जतिनै भए पनि बहुदलीय प्रतिष्पर्धा भित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुङ्गो लगाउने बताउनुभयो । कार्यक्रम पार्टी नगर कमिटी अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu