ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीलाई कृषि क्षेत्रमा जोड्न आग्रह


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   ७ : २१   बजे

 

काठमाडौं, २१  असार । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताउनुभयो ।

मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गरे पनि कृषिको आयात भने घटेको पाइँदैन । नेपालका सहारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जुलाई ६ मा अन्तर्राष्ट्रिय सहकारी दिवस पर्छ । यस वर्ष उक्त दिवसको नारा ‘मर्यादित कामका लागि सहकारी’ भन्ने रहेको छ । प्रत्येक वर्ष नेपालमा सहकारी महासङ्घको आयोजनमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने चलन छ । आजकै दिन २५औँ संयुक्त राष्ट्रसङ्घ र २६औँ राष्ट्रिय सहकारी दिवस पनि पर्छ ।

आज ललितपुरमा तीनवटै संस्थाको स्थापना दिवसको अवसर पारेर यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार २०७५ ललितपुरको बहुउद्देश्यीय सहकारी सङ्घलाई र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार क्रमशः प्रदेश १ बाट शुभलक्ष्मी सहकारी संस्था लि गौरादह–१ झापालाई, प्रदेश २ मा मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि हरिवन सर्लाहीलाई, प्रदेश ३ मा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि ललितपुरलाई प्रदान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा आदर्श सञ्चार सहकारी संस्था लि बागलुङ, प्रदेश ५ मा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि। रुपन्देही, कर्णाली प्रदेशमा साना किसान कृषि सहकारी संस्था लि सुर्खेत र सुदूरपश्चिम प्रदेशमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि कैलालीलाई नगद रु २० हजारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले सहकारी संस्थाले ऋण असुली र लगानी मात्र नगरी उत्पादन तथा सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडिपी०का आवासीय प्रतिनिधि आयसानी मेडागानगोडा लेवले नेपालमा सहकारी संस्थालाई कृषि क्षेत्रमा जोड्न नसकेको बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ ९आइसिए० का सदस्य ओमदेवी मल्लले नेपालको स्वाधीनतामा सहकारी संस्थाको महत्वपूर्ण योग्दान रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न सो दिवसमा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, गणेश साहलगायतले नेपालको सहकारी आन्दोलनका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu