ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगल मास्दै आएको राउटे खाडल खन्ने र विरुवा लगाउन तल्लीन


एबीसी न्यूज
२२ असार २०७६, आइतबार   ४ : ३६   बजे

 

काठमाडौं, २२ असार । राउटे यतिबेला खाडल खन्ने र विरुवा लगाउन तल्लीन छन् । जंगल मास्दै आएको राउटे समुदाय वृक्षारोपणमा संलग्न भएको यो पहिलो पटक हो । सुर्खेतसंग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ ठाँटीमा बस्दै आएका मध्ये ५२ जना राउटे सोही ठाउँमा वृक्षारोपणको काममा सम्लग्न छन् ।

सुर्खेतसंग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ को ठाँटीमा टिम्मुरका बेर्ना लगाउँदै राउटे समुदाय ।
उनीहरुलाई गुराँस गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विरुवा लगाउने कामको जिम्मा दिइएको हो । नौ दिनसम्म राउटेलाई काममा लगाएवापत गाउँपालिकाले प्रतिदिन प्रति व्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलव्ध गराउनेछ ।

शनिवार उनीहरुले ठाँटीमा करिव ५०० टिम्मुरका विरुवाहरु रोपेका छन् । गाउँपालिकाका रोजगार संयोजक मोहन पौडेलले यही असार १९ गतेदेखि २७ गतेसम्म उनीहरुलाई विरुवा रोप्न र खाडल खन्ने काममा लगाइने जानकारी दिनुभयो ।

राउटे युवा शिवराज शाहीले राउटेले रुख काट्न मात्र होइन विरुवा रोप्न पनि जानेको जनाउनुभयो । उहाँले अव विरुवा लगाएर बन जोगाउन लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो । गाउँपालिकासंग राउटेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि समन्वय गर्ने दैलेखको सामाजिक सेवा केन्द्रले नौ दिनसम्म काम गरेवापत दुई लाख ४१ हजार रुपियाँ राउटेले पाउने जनाएको छ ।

संस्थाका अध्यक्ष हिरासिंह थापाले राउटेहरुको कूल पूजा नजिक आइरहेकोले उनीहरुले विरुवा लगाउने काम धमाधम गरिरहेको बताउनुभयो । उहाँले आफूहरु बस्ने ठाँटीको खाली भूभागमा विरुवा रोपेकोले काठ काट्ने राउटेहरु पनि विरुवा रोप्न लागेकोमा खुशी प्रकट गर्नुभयो । राउटेहरुलाई टिम्मुरमात्र नभइ अन्य बनस्पतिका विरुवाहरु यो बर्षा याममा रोप्न लगाउने बताउनुभयो ।

राउटेहरुले साउन १ गते आफूहरुको कूलपूजा भएकोले त्यस अगाडि नै काम गरेको पैसा उपलव्ध गराइदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group