ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्छ– जनार्दन शर्मा


एबीसी न्यूज
२३ असार २०७६, सोमबार   १ : ०२   बजे

 

काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

पूर्व गृहमन्त्री समेत रहनु भएका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क पनि गर्नु भयो । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क पनि गर्नु भयो । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उहाँको तर्क छ ।

यता, काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाउनु भएको थियो । उहाँले प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गर्नु भयो ।

समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu