ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष दाहालद्वारा नेता अधिकारीप्रति श्रद्धाञ्जलि


एबीसी न्यूज
२३ असार २०७६, सोमबार   ७ : ३६   बजे

 

काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार निधन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ललितपुरको कुपण्डोलस्थित सो पार्टीको केन्द्रीय कार्यालय पुगेर उहाँले नेता अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । गत पुस २७ गते चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनुभएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । किमोलगायत उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको थियो ।

विसं २०११ मा गोरखाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएको थियो । तत्कालीन एकीकृत नेकपा ९माओवादी० पार्टी विभाजन भएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लाग्नुभएको थियो ।

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बन्नुभएका अधिकारी लोकप्रिय मत ल्याए पनि काङ्ग्रेस उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu