ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा खुलेआम गर्भपतन


एबीसी न्यूज
२५ असार २०७६, बुधबार   २ : ४५   बजे

 

 

सिरहा, २५ असार । सिरहामा गर्भपतनका लागि मान्यता नपाएका नर्सिङहोमले पनि गर्भपतन गराउँदै आएको खुलेको छ ।

मिर्चैया नर्सिङहोममा गर्भपतन गराउन गएकी एक महिला गर्भपतन गराउँदा रक्तश्राव नरोकिएपछि उक्त भेद खुलेको हो । आर्थिक प्रलोभनमा परी गर्भपतन गराएको स्थानीयको आरोप छ ।

नर्सिङहोमका डाक्टर सम्भु यादवले ४ महिनाको गर्भपतन गराएका कारण रक्तश्राव भएको बताए । घटना बाहिर आएलगत्तै प्रहरी र स्थानीयहरू नर्सिङहोम पुगेका थिए ।

त्यहाँ महिलाको उपचार सम्भव नभएपछि थप उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालमा पठाइएको जनाइएको छ । नर्सिङहोमका डाक्टर शम्भु यादवलाई फोनमा बुझ्दा पहिलादेखि नै रक्तश्राव भइरहेको बताए ।

उनले आफूहरूले उपचारपछि डिस्चार्ज गरिसकेको अवस्थामा बाटोमा जाने क्रममा रक्तश्राव भएको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’ को घोषणा गरेका बेला मिर्चैया, लहानलगायतका स्थानमा लिङ्ग पहिचान गरी भु्रण हत्या फस्टाएको हो ।

लिङ्ग परीक्षण कानूनीरूपमा प्रतिबन्ध भए पनि सिरहाको मिर्चैया,गोलबजार लहानलगायतका स्थानमा खुलेआम रूपमा दुईहजार पाँचसय लिएर छोराछोरी छुट्याउने गरेको नाम नछाप्ने शर्तमा एक महिलाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu