ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   १ : ५३   बजे

 

काठमाडौँ, २७ असार । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ ।

नगरपालिकाको प्रशासन तथा लेखा शाखामा भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ । बेनी नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार विद्युतीय पुस्तकालय र विज्ञान प्रयोगशाला स्थापना गरी भुक्तानी लिन आएका बेनी नगरपालिका–२ भकुण्डेस्थित अर्जुन माविका प्रधानाध्यापक शिव खत्री र लेखा अधिकृत सुवेदीबीच बुधबार विवाद भएको थियो । लेखा अधिकृत सुवेदीले स्वीकृत कार्यक्रम र बजेट शीर्षकमा अन्य विद्यालयले नै भुक्तानी लगिसकेकाले थप भुक्तानी गर्न नसक्ने अडान लिएपछि विवाद शुरु भएको थियो ।

“आर्थिक वर्षको अन्तिममा लेखा अधिकृत हिँडेपछि नगरपालिका पूरै ठप्पै भएको छ । समस्या आएको भए सुल्झाउन सकिन्थ्यो तर बिल भुक्तानीको विषयमा लेखा अधिकृतलाई दुव्र्यवहार भएछ”, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले भन्नुभयोे, “बिदा लेखेर जानु भएको छ, फर्काउने प्रयत्न जारी छ, सम्भव भइरहेको छैन ।”

लेखा अधिकृत सुवेदीले प्रमुख प्रशासकीय अधिकृतलाई ‘आफूमाथि दुव्र्यवहार’ भएको लिखित रुपमा साउन ५ गतेसम्मका लागि घर बिदा मागेर निस्केपछि आर्थिक वर्षको अन्तिममा विभिन्न योजना र कार्यक्रमका भुक्तानी फाइल रोकिएका छन् । नगरपालिकाले ६ लाख ५० हजारका दरले तीन वटा माविमा ई–पुस्तकालयका लागि बजेट विनियोजन गरेको थियो । तर नगरपालिकाका शिक्षा शाखा हेर्ने अधिकृतले ‘भूलवश’ तीन स्कुल हुनुपर्नेमा चार वटा स्कुललाई ई–पुस्तकालय कार्यक्रम परेको जानकारी गराउँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।

अर्जुन माविका प्रधानाध्यापक खत्रीले आफ्नो कुनै गल्ती नभएको बताउनुभयो । “योजना सम्पन्न भएपछि पूरै प्रमाणको फाइल बोकेर भुक्तानी लिन गएको थिएँ”, प्रअ खत्रीले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गरिसकेपछि फाइल लगेर लेखा अधिकृतकहाँ जाँदा उहाँले भुक्तानी दिन नमिल्ने भन्दै अपमानित गर्न खोजेपछि मैले ‘तपाइँलाई पनि कुनै शिक्षकले पढाएर नै यो ठाउँमा पुग्नुभएको हो, शिक्षकलाई अपमानित गरेर आफ्नो हैसियत नबिर्सनुहोस् भनेको हुँ’, प्रधानाध्यापक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group