ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेको छ– विकासमन्त्री खनाल


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   २ : ००   बजे

 

काठमाडौँ, २७ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गर्नु भएको छ ।

भारतबाट आयोतित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गर्नु भएको हो । करिव एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उहाँले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पार्नु भयो । उहाँले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थित नरहेको पनि बताउनु भयो । केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेको मन्त्री खनालको दावी छ ।

 

मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनु भयो । मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन । विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रिय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ । अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुहरुको विषादी परीक्षण भईरहेको छ । मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यक्ता मन्त्रालयले औंल्याएको पनि बताउनु भयो ।

सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशहरुमा प्राङगारिक मल उत्पादनका लागि ५२ करोडको बजेटको व्यवस्था पनि गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group