ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यधिक दुर्घटनापछि ज्यानमारा सडक अब रहेन


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   ३ : ४७   बजे

 

काठमाडौँ, २७ असार । गत आवमा १९ जनाको सडक दुर्घटनाका कारण ज्यान गएपछि पोखरा – बागलुङ जिरो किलोमिटरको सडकको रुप यतिबेला फेरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को पहलमा राखिएको डिभाइडरलगायत पूर्वाधारको विकासले दुर्घटनालाई न्यूनीकरण गरेपछि स्थानीयवासी निकै खुशी छन् ।

सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर ९३३ सेन्टिमिटरको उचाइ निर्माणसँगै सौर्यबत्ती जडान र सडक चौपायाको उचित व्यवस्थापन गर्नाका साथै वडा ट्राफिक प्रहरी पोष्टमार्फत निगरानी बढाइएपछि दुर्घटना न्यूनीकरण भएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार ६ लेनको आधुनिक सडकमा डिभाइडर नहुँदा चालकले जथाभावी तीव्र गतिमा सवारी हाँक्ने तथा ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका थिए ।

“सडकको स्तरोन्नती भयो तर चालकहरुको लापरवाहीले दुर्घटना डरलाग्दो बन्दै गयो । अहिले पाँच महिना यता डिभाइडरलगायत पूवर्वाधारले दुर्घटना कम भएको छ भने मानवीय क्षति हुने गरी दुर्घटना भएको छैन”, नेपालीले भन्नुभयो “डिभाइडरमा ट्राफिक कलर लगाउनुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि आमा समूह र विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

अत्यधिक दुर्घटनाका कारण मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सडकलाई ज्यानमारा सडक नाम राखिएको थियो । अहिले सुरक्षित सडकका लागि सबैले पहल थालेपछि त्यो नाम हटेको छ ।“जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको उक्त सडक झण्डै तीन किमीको छ । अहिले नौ सय मिटरमा डिभाइडर राखिएको छ ”, वडा सदस्य अञ्जु क्षेत्रीले भन्नुभयो “अहिले दिनहुँ हुने दुर्घटनाम कमी आएको छ ।” केन्द्रीय सडक परियोजनाको बहुवर्षीय योजनाअन्तर्गत रु ७८ लाखमा बोलपत्र आह्वान गरेर काम थालिएकामा चालु आवमा डिभाइडर राखिएको क्षेत्रीले जानकारी दिनुभयो । सडक छेउमा इलेक्ट्रोनिक पसल गर्दै आउनुभएका दीनबन्धु भुर्तेलले पनि डिभाइडरलगायत पूर्वाधार बनेपछि ठूलो र मानवीय क्षति हुने खालका दुर्घटना देख्नु नपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group