ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने– महानिरीक्षक राई


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   ४ : ३३   बजे

 

काठमाडौँ, २७ असार । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बताउनुभएको छ ।

अपराध अनुसन्धान कार्ययोजनाअन्तर्गत सम्पादन भएका कार्यको आज समीक्षा बैठकमा उहाँले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई उक्त कार्ययोजनाले पूरा गरेको उल्लेख गर्दै अपराध अनुसन्धानको चुनौती सामना गर्न कार्ययोजनासक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले समीक्षाबाट प्राप्त सुझावलाई आगामी दिनमा वस्तुनिष्ठ रुपले प्रयोग गरी अपराध अनुसन्धान क्षेत्रलाई सुधार गर्दै प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । अनुसन्धान तथा अभियोजन समेतका कार्यलाई सुदृढ एवं समयानुकूल आधुनिकीकरण गर्न कार्ययोजना माध्यम भएको चर्चा गर्दै राईले कार्ययोजना सफल कार्यान्वयन गरी नागरिकको चाहना र राज्यको उद्देश्य पूरा गर्न रचनात्मक सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायब् महानिरीक्षक पिताम्बर अधिकारीले नेपाल प्रहरीले अनुसन्धानको क्षेत्रमा एउटा विशेष स्थान राखेको बताउँदै ‘पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा’ भन्ने नारासहित प्रहरीले अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू गरेको थियो ।

सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले अपराध अनुसन्धान र शान्ति सुरक्षाका लागि गरिने लगानी विकास र समृद्धिकै लागि भएकाले अन्यथा लिन नहुने विचार व्यक्त गर्नुभयो । प्रा डा हरिहर वस्तीले अपराध अनुसन्धानको क्रममा मेडिकल क्षेत्रको महत्व पहिचान भइसकेको अवस्थामा सबुत प्रमाणलाई बढी वैज्ञानिक बनाउन पहल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेपाल प्रहरीको अनुसन्धानसम्बन्धी विशिष्टिकृत ब्यूरो, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, फरेन्सिक विज्ञ, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदार र मुद्दा चल्ने प्रहरी एकाइका प्रतिनिधिको सहभागिता रहेको थियो । अपराध अनुसन्धान कार्ययोजना २०७१ ले अपराध अनुसन्धान र अभियोजनमा पारेको प्रभावको समीक्षा र सामूहिक छलफलबाट साझा धारणा तथा भावी रणनीति तयार गरी अगाडि बढ्ने उद्देश्यले समीक्षा बैठक आयोजना गरिएको हो ।

विदेशीको नगद लुटपाट

काठमाडौँ महानगरपालिका– ६ बौद्ध तिनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी सुमिजु तेन्जिको रु दुई लाख आज लुटपाट भएको छ ।

उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

फरार प्रतिवादी पक्राउ

अदालत परिसरबाट फरार कागेश्वरी मनहरा नगरपालिका– ७ मूलपानी बस्ने ३० वर्षीय रामबोल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बंैकिङ कसुर मुद्दाका प्रतिवादी खड्कालाई गत मङ्गलबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपको लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौँमार्फत उच्चअदालत पाटन वाणिज्य इजलास ललितपुर लगेकोमा सोही अदालत परिसरबाट फरार भएका थिए ।

उनलाई खोजी गर्ने क्रममा बिहीबार साँझ पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group