काठमाडौँ, २७ असार । लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह बढेपछि जताततै डुवानको समस्या भएको छ ।
काठमाडौंमा रहेका साना ठुला नदि र खोलाको बहाव बढ्दा डुवानको समस्या निम्तिरहेको छ । काठमाडौका बागमती, बिष्णुमति, बल्खु खोला लगायतका खोलला तथा नदिहरुमा आएको बाढीका कारण काठमाडाका अधिका“स ठाउ“हरु डुवेका छन् । बल्खु खोलाको पानी बस्तीमा छिरे पछि कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांश घरका पहिलो तला जलमग्न भएका छन् । अविरल परेको वर्षाले राजधानीको कुलेश्वर क्षेत्र पनि डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ ।
अधिका“स घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भा“डाकुँडा, लत्ताकपडाहरु पनि बगाएर ल्याएको स्थानीय बताउ“छन् । दिउसो करिव एक वजेबाट कुलेश्वर क्षेत्र डुवानमा पर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्