ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   १ : १२   बजे

 

बनेपा, २८ असार । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५/६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै छिमेकी जम्मा भएर गरिएको उद्धारका क्रममा सोही पहिरोमा परी पुरिएको अवस्थामा बुहारी सुशीला दङ्गाल र तीन महीनाकी नातिनी अनुष्का दङ्गालको उद्धार गर्न सफल भएका छन् ।

“गाउँमा मान्छेहरु एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाई समेत बचाउन सफल भयौँ”, छिमेकी रीता दङ्गालले भन्नुभयो, “घटना भएलगत्तै मेरी छोरीलाई यहाँबाट घर भत्केर ठूली आमा पुरिए भनेर बोलाउन लगायौंँ, सबै जना एकैछिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकालेका हौँं ।”

अर्का छिमेकी लालप्रसाद सापकोटाले आफूहरुले घटनालगत्तै सबै जुटेर उद्धार गर्न लागे पनि सबैलाई बचाउन नसकेकामा दुखेसो गर्नुभयो । खाना पकाइरहेको अवस्थामा पहिरो झरेर पुरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बनेपाका नायब प्रहरी निरीक्षक विष्णु सापकोटाले घटनालगत्तै जानकारी पाएपछि आफूहरु खटिएको र घाइतेलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको बताउनुभयो ।

घरमा आठ जनाको परिवार भएकामा घरमुली रामप्रसाद बिहानै बनेपामा दूध बेच्नका लागि डेरीमा गएका, कान्छो छोरा बुहारी बनेपामा नै बस्दै आएका र जेठो छोरा विदेशमा रहेको जनाइएको छ । भूकम्पको पहिलो किस्तावापत रु ५० हजार लिएको भए पनि बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन नसकेको र त्यसलाई हटाउन विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि त्यसको क्षतिपूर्ति उपलब्ध गराएमा मात्रै सम्भव नहुने बताएपछि त्यत्तिकै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group