जनकपुरधाम, २८ असार । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ । जनकपुर पुरै जलमग्न हुँदा बाढिमा फसेका पिडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किए पछि साहको आलोचना भएको छ ।
जनकपुरका एक स्थानियले बाढिको बेला मेयर लालकिशोर साहले पिडितलाइ उद्यार गर्नुको साटो झाडु लिएर सफाइमा निस्किनु उहाँको नाटकमात्र रहेको बताए । उनले अहिले जनकपुरमा फुसको घर अथवा तल्लो भेगमा रहेको घरमा बस्ने अवस्था समेत नहुँदा मेयर साह झाडु लिएर निस्किनु उहाँले सस्तो लोकप्रियता कमाउने ढोङ मात्र गरेको आरोप लगाए ।
यता मेयर लालकिशोर साहसंग सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहेनंन् ।
प्रतिक्रिया दिनुहोस्