ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै क्षेत्रमा सफाइ अभियान चाल्नुपर्छ– पूर्वप्रधानमन्त्री खनाल


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   २ : ०६   बजे

 

काठमाडौँ, २८ असार । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले गणतन्त्रलाई सुदृढ गर्न सबै क्षेत्रमा सफाइ अभियान चाल्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

चक्रपथवापत खण्डको सफाइले १०० हप्ता पूरा गरेको अवसरमा आज आयोजित सफाइ अभियानमा समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले उपत्यकाका नदी, चक्रपथ र मुख्य शहर सफाइ अभियानसँगै आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पनि सफाइ र शुद्धीकरण आवश्यक रहेको बताउनुभयो ।

“सभ्यता विकासका क्रममा मानिसको चापले फोहर बढेकाले सफाइमा सबैको सामूहिक प्रयास हुनुपर्छ, यसका लागि सबै राजनीतिज्ञलाई सफा राजधानी बनाउने अभियानमा लाग्न आह्वान गर्छु, बसोबास र संस्कृतिमा विकृति बढ्दै जाँदा फोहर बढेको छ, यसलाई सुधार गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

संविधानको मार्गनिर्देशन पालना गरेर अघि बढे सबै क्षेत्रमा देखापरेका समस्या समाधान हुने नेता खनालको भनाइ थियो । कार्यक्रममा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले मास्क, बुट, पञ्जालगायत सफाइ सामग्री अभियानका संयोजक ताराबहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो ।

सफाइ अभियानमा समितिका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता पनि अध्यक्ष बस्नेतको थियो । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले विकासका नाममा वातावरणीय क्षति बढी हुने गरेकाले सफाइ अभियानकर्मीले आफैँबाट शुरु गर्नुपर्ने बताउनुभयो ।

सफाइ संयोजक ताराबहादुर कुँवरले विसं २०७१ देखि शुरु गरिएको चक्रपथ–वाफल खण्ड सफाइ चक्रपथ विस्तारका क्रममा केही समय रोकिएको बताउनुभयो । १७ हप्तासम्म चक्रपथ सफाइ गरेर वाग्मती, विष्णुमती, रुद्रमतीलगायत नदीमा सहभागी भएको थियो ।

विसं २०७४ साउनदेखि शुरु भएको सफाइ अभियान दशैँ, तिहारलगायतको बिदा परेको शनिबार, झरी, जाडोलगायत समयमा पनि नरोकी निरन्तर १०० हप्ता पार गरेको उहाँले जानकारी दिनुभयो । फेरि चक्रपथ विस्तारको काम हुन लागेकाले अन्य स्थलमा सफाइ गर्न गइने संयोजक कुँवरको प्रतिबद्धता थियो ।

सफाइ अभियानलाई निरन्तररूपमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सो अवसरमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्वसचिव किशोर थापा, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, राष्ट्रिय समाचार समिति रासस का उपसमाचारदाता पूर्णप्रसाद मिश्र, नागरिक दैनिकका शिवहरि घिमिरे, मेगा टेलिभिजनका प्रकाशचन्द्र दाहाल, विष्णुमती सफाइ अभियानका शोभाकान्त पाण्डे, वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी, वाग्मती सफाइ अभियानकर्मी माला खरेल हुनुहुन्छ । उहाँहरुलाई सम्मानपत्रसहित पूर्वप्रधानमन्त्री खनालले अभिनन्दन गर्नुभएको थियो ।

विशेष कार्यक्रमअघि कलङ्की चोकबाट ¥याली, पञ्चेबाजा, ब्याण्डबाजासहितको सफाइ समूह सोल्टी दोबाटो पुगेको थियो । १०० हप्तासम्म यस क्षेत्रको सफाइबाट २७८ ट्रक फोहर व्यवस्थापन गरिएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group