ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बत जोड्ने नाकामा तस्करनै तस्करहरुको लस्कर


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   ३ : १५   बजे

 

 

बझाङ, २८ असार । देशको सबै नाका भन्दा छोटो बाटो रहेको बझाङ उरै जिल्लाको एक मात्र तिब्बत जोड्ने नाकामा तस्करनै तस्करहरुको तस्करहरुको लस्कर देखिन थालेको छ ।बझाङ जिल्लामा रहेको छोटो नाकामा विगतका बर्षहरुमा पनि यो नाका हुँदै करोडौको जडिबुटी तिब्बतको ताक्लाकोट जाने गरेको पाईन्थ्यो भने यस बर्ष पनि तस्करहरुले विभिन्न खाले जडिबुटीहरु ओसार पसार गर्न थालेका छन् ।

जिल्लाको साईपाल गाउँपालीका अन्तिम हिमाली दुर्गम गाउँपालीकामा पर्दछ । जुन गाउँपालीकामा पर्यटकीय क्षेत्र निकै रहेको पाईन्छ भने यो क्षेत्रमा यार्चागुम्बु, ,बन लसुन , चिराईतो, कटुकी, सत्तो,लगाएतका जडिबुटीहरु पाईन्छन् । बझाङ जिल्लाको साईपाल गाउँपालीका हुँदै तिब्बत जोडीने नाका बाट अमुल्य जडिबुटी हरुको ओसार पसार हुने गरेको छ भने ठुला ठुला तस्करहरु साईपाल गाउँपालीकाको तथा तिब्बतको सिमाना नेपाल चिनको सिमाना आसपास पालहरु हालेर खुलेआम बसेका छन् । उनिहरुले पाल भित्र करोडौको जडिबुटी लुकाएर राखेको हुन्छन् ।

आज भोली सिजन नै हो, जुन नाका बाट यार्चागुम्बु त जान्छ नै बन लसुन कटुकी, चिराईतो सत्तो जस्ता जडिबुटीहरु यो सिजनमा प्रशस्त अवैध रुपमा जडिबुटी उरै नाका हुँदै तिब्बतको चाईना जाने गरेको छ ।तस्करहरुले घाम लागेको समयमा जडिबुटीहरु बाहिर घाममा सुकाउने र पानी परेको समयमा पाल भित्र लुकाउने गरेका छन् ।तस्करहरूले तिब्बत लैजाने जडिबुटी बझाङको नाका जोडिने साईपाल,कालङ्गा, राईढुङगी हुँदै उरै बाट ताक्लाकोट पुर्याउने गरेका छन्। बझाङको तिब्बत जोडिने यो नाका बाट तस्करहरुले अवैध जडिबुटी र सामान ओसार पसार गर्ने समय भनेको बैशाख देखी भाद्र सम्म हुने गरेको छ ।

साईपाल गाउँपालीका गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर धामिले सो नाकाबाट सोचे जस्तो राजस्व पनि उठाउन नसकिएको बताए । उनले भने जडिबुटी को बारेमा जिल्ला वन कार्यालय बझाङले न त स्थानीय सरकार सँग हातेमालो गरेको छ ,नत जडिबुटी को राजस्व उठाउने सम्वन्धी हक अधिकार दिएको छ । अध्यक्ष धामीले जिल्ला बन कार्यालयलाई पटक पटक जानकारी गराएको भएपनी कुनै सुनुवाई नभएको धामीको भनाई छ ।

तस्करी रोक्न राईढुङगी भन्ने स्थानमा ७ जना प्रहरी र अन्य स्वयंसेवक खटाएको अध्यक्ष धामीले बताए । यो नाका हुँदै अवैध रुपमा जडिबुटी निकास हुन थालेको खबर प्राप्त भएपछि अवैध जडिबुटी समात्न ७ जनाको टोली सो स्थानमा पठाएको डिएसपी सुर्य बहादुर केसीले बताए ।नेपाल सरकारले तिब्बतको चाईना जोडिने बझाङको उरै नाकामा सुरक्षा पोष्ट स्थापना गर्न नसक्दा लाखौंको राजस्व गुमाउने गरेको छ। सरकारले ध्यान नदिँदा तिब्बत जोडिने यो नाका हुँदै जडिबुटी ,बाघ,चितुवा,भालुका पित्त छालाहरु ओसार पसार हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group