रुकुम २८ असार । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा पहिरोमा परी एक किशोरीको ज्यान गएको छ ।
पहिरो सँगै माथी बाट आएको ढुङगाले चोट लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काका परिमल बस्नेतकी १६ वर्षीय छोरी कौशिला बस्नेतको मृत्यु भएको हो । जलिगार बाट रिम्का जाँदै गर्दा फाुरुलाको भिरमा पहिरो सँगै आएको ढुंगाले लागेर घटना स्थलमै बस्नेतको निधन भएको वडा नम्बर ५ का वडा अध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १० बजेतिर मृत्यु भएको हो ।
मृतक बस्नेत सरस्वती माध्यामिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत भएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।।
प्रतिक्रिया दिनुहोस्