ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै समुदायले गरेको कार्यक्रममा मन्त्री पण्डितमाथि दुर्व्यवहार, आयोजकले दुःख व्यक्त गरे


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   ३ : ५६   बजे

 

काठमाडौँ, २८ असार । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई लक्षित गर्दै भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ ।

सञ्चालक परिषद्को १९ औँ बैठकको समुद्घाटनका क्रममा शुक्रबार मन्त्री पण्डितमाथि प्रतिष्ठानसँग असम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको प्रतिष्ठानले जनाएको छ । उहाँ प्रतिष्ठानका सह–अध्यक्षसमेत हुनुहुन्छ ।

मन्त्री पण्डितले ‘नेपालको संविधानमा प्रत्याभूत भएका आदिवासी जनजाति, लोपोन्मुख र अतिसीमान्तकृतलगायत उत्पीडनमा परेका समुदायको हक अधिकारलाई सुनिश्चित गर्दै न्यायोचित माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको’ भन्ने भनाइ राखिरहँदा उहाँप्रति देखाइएको अलोकतान्त्रिक र अवाञ्छित गतिविधि लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नभएको प्रतिष्ठानको ठहर छ ।

व्यवस्थापकीय असावधानीबस घटना हुन पुगेको र मन्त्री पण्डितमाथि पर्न गएको असरप्रति आत्मालोचना गर्ने निर्णय भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu