ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा नियमितको बर्षाले कतै सडक अवरुद्ध, कतै जलमग्न, साढे ७ सय तालिम प्राप्त सुरक्षाकर्मी तयारी अबस्थामा


एबीसी न्यूज
२८ असार २०७६, शनिबार   ४ : ५०   बजे

 

 

दाङ, २८ असार । नियमितको बर्षाले शनिबार दाङको यातायात सेवा प्रभाबित भएको छ । तुलसीपुर—लमही सडकबीचमा पर्ने खोलाहरुमा पानीको बहाव बढेपछि शनिबार ठूला सवारी साधनहरु मात्रै छिटफुट रुपमा सञ्चालन भएका छन, भने साना सावारीका साधनहरु भने ठप्प छन् । बबई खोलामा शनिवार विहानै देखि कुनै पनि सवारी साधन आवतजावत गर्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताउनुभयो ।

उहाँका अनुसार दाङका अन्य खोलाहरुमा पनि ठूला सवारीका साधनहरु सञ्चालन भएपनि साना सवारीका साधनहरु सञ्चालन हुन सकेका छैनन् । त्यसले गर्दा यात्रुहरुलाई आवत जावतमा समस्या हुने गरेको छ । अहिले लमही–तुलसीपुर सडकखण्डमा ६ वटा पुल निर्माणाधीन अबस्थामा छन् । ति पुलहरुमा उचित डाईभर्सन नहुँदा बर्षादको समयमा यात्रुहरुलाई सास्ती हुने गरेको छ । शुक्रबार रातिदेखि दाङका खालाहरुमा पानीको बहाब बढेको प्रहरीले बताएको छ । नियमितको बर्षाले दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ । देउखुरी स्थित दोलाईखोलामा पानीको वहाव बढेपछि राप्ती गाउँपालिकाको ५ लठ्ठहवा,पहरूवा,कालापानी जलमग्न भएको छ ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ डोरही,सिंगइ,सोनपुर लगायतका गाउँ जलमग्न बनेका छन् । त्यसैगरी नियमित वर्षाले राप्ती गाउँपालिका १ शान्तिपुर चैतेका नेत्र खनालको पोल्ट्रीफर्मलाई गनाहा खोलाले बगाउँदा ५०० चल्ला र ५०० बोइलर कुखुरा बगाएको छ । खोलाले बगाउदाँ करिब साढे ४ लाख बराबरको क्षति भएको पीडित खनालले बताउनुभयो । त्यसैगरी गढवा गाउँपालिका ५ बोधिपुरमा झण्डै ५० बढी घर डुवान परेको गाउँपालिकाले जनाएको छ । यता बर्षायाममा हुन सक्ने क्षतिलाई बचाउन दाङमा साढे ७ सय तालिम प्राप्त सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समिति दाङका अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी करिब साढे ७ सय जनालाई तयारी अबस्थामा जोखिम क्षेत्रमा राखिएको छ । नेपाली सेना १ सय ८०, शसस्त्र प्रहरी ३५ जना र नेपाल प्रहरीका ५ सय २५ जनालाई बिषेश तालिम दिएर तयारी अबस्थामा स्रोत साधन सहित राखिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै विपद्को समयमा खट्ने गरी सबै प्रहरी चौकीका इन्चार्जलाई विपद् प्रतिकार्यका लागि खटाईएको उहाँले बताउनुभयो । बाढीको जोखिम क्षेत्रहरुमा तालिम प्राप्त सुरक्षाकर्मी, आबस्यक स्रोत साधन अन्तरगत लाईफ जकेट, डुंगा, रेनकोट, डोरी लगाएका सामाग्रीहरुका साथ तयारी अबस्थामा राखिएको र कुनै पनि जोखिमका सुचना दिन नागरिकहरुलाई प्रशासनले आग्रह गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा सर्तकता अपनाउन बाढि र पहिरो सम्भावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले एक सुचना जारी गदै जिल्लाका सम्भावित क्षेत्रमा सर्तकता रहन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बाढि र पहिरोको उच्च जोखिम रहेका सम्भाबित क्षेत्रका बासिन्दालाई सतर्कता हुन आग्रह गदै सुरक्षित स्थानमा बस्न अपिल गर्नूभएको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका कार्यालयले पनि एक सुचना जारी गदै सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीग्रस्त क्षेत्रमा रहेका नागरिकहरुको तत्काल उद्धारका लागि उपमहानगरपालिकाले सम्पूर्ण तयारी पुरा गरेको समेत उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले विज्ञप्ती जारी गर्दै शान्ती सुरक्षा, स्वास्थ्य लगायतका उद्धारको टोलि तयारी अवस्थामा रहेको उल्लेख गरेका छन् । उपमहानगरपालिकाले तत्काल उद्धारका लागि विभिन्न टोली परिचालन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group