ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकलाई समृद्ध बनाउन साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्छ– रक्षामन्त्री


एबीसी न्यूज
२९ असार २०७६, आइतबार   २ : २९   बजे

 

काठमाडौं, २९ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पु¥याउन साहित्यकारहरुलाई आग्रह गर्नु भएको छ ।.

उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको पनि स्पष्ट पार्नु भयो । २०६ औं भानु जयन्तिको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको राष्ट्रिय एकतालाई मजदुत बनाउन पनि साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निष्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराउनु भयो ।

उपप्रधानमन्त्री पोखरेलले भानुभक्तका अनुयायी हामीहरुले राजनीतिक आस्था जहाँ भएपनि भाषा, कला र साहित्यको माध्यामबाट मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको पनि दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाल, भानुभक्तले भाषाको माध्यामबाट एकीकरण गरेको नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu