ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव खर्चका लागि तामाकोशीको लाइसेन्स


एबीसी न्यूज
१० कार्तिक २०७४, शुक्रबार   ४ : ५८   बजे

काठमाडौं । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत् आयोजना निमार्णका लागि बिना टेन्डर ऊर्जा मन्त्रालयको कार्यभारबाट हटाएर बिनाविभागीय मन्त्री बनाइएका महेन्द्रबहादुर शाहीले टीबीआई होल्डिङ दिएपछि लाइसेन्स प्रक्रिया बिवादमा आएको छ ।

बाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु लागि बिनाबिभागिय मन्त्री बनाए । एमालेसंगको गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री बनेका सबै मन्त्रीलाई बिना बिभागिय बनाए । बिना विभागीय मन्त्री बन्नु भन्दा पहिले उर्जामन्त्री रहेका महेन्द्रबहादुर शाहीले मन्त्रालय छोड्नु अघि हतारमा बिना टेन्डर तामोकोशी तेस्रोको लँइसेन्स टीबीआई होल्डिङ कम्पनीलाई दिएपछि तामोकोशीको निमार्ण टेन्डरमा व्यापक घोटला भएको हुन सक्ने देखिएको छ । बर्तमान एनआरएनका अध्यक्षको कम्पनी टीबीआइलाई बिना टेन्डर मन्त्री शाहीको दवाबमा ऊर्जामन्त्रालय दिएको बतँइन्छ । मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मन्त्री शाहीको लाइसेन्स दिएपछि लाइसेन्स दिंदा ठुलो चलखेल भएको आशंका गरिएको छ । लगानीबोर्डले समेत तामाकेशीको लाइसेन्स प्रक्रियाको बिरोध गरेको छ । बोर्ड ऊर्जा मन्त्रालयले लगानी बोर्ड ऐनको ठाडो उल्लंघन गरेको भन्दै ऐनमा ५ सय मेगवाट वा त्यसभन्दा ठूला जलविद्युत् परियोजनाको लाइसेन्स लगानी बोर्डले मात्र दिन सक्ने व्यवस्था भएपनि मन्त्रीको आदेशमा बिना टेन्डर रातारात लाइसेन्स बेचिएको आरोप लगाएको छ । (बाइट… महाप्रसाद अधिकारी प्रमुख कार्यकारी अधिकृत, लगानी बोडर्)

बोर्डले आफनो कानुनी कार्यक्षेत्रभित्र हस्तक्षेप गरी तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स दिएकामा ऊर्जा मन्त्रालय समक्ष आपत्ति जनाइसकेको छ । यसरी कानुनविपरीत तामाकोसी तेस्रोको सर्वेक्षण लाइसेन्स नेता र ऊर्जा मन्त्रालयका कर्मचारी मिलोमतोमा लगानी जुटाउने आधारसमेत प्रस्तुत नगरेको कम्पनीलाई ऊर्जा मन्त्रालयले करिब १ खर्ब ३० अर्ब रुपैया लागत लाग्ने तामाकोसी तेस्रो आयोजना जिम्मा दिनुमा आफैमा रहस्यमय रहेको बोर्डको दाबी छ ।

तर उर्जा मन्त्रालयको बिद्युत बिकास बोर्डका महादिर्नेशक नविन राज सिहं भने नर्वेली कम्पनी स्टयाटक्राट्रले कम्पनीले २०७२ पुसदेखि हात झिकेपछि खाली रहेको र डेढवर्ष भित्र कतैबाट पनि आवेदन लगाएको भन्दै टीबीआई होल्डिङ कम्पनी आफनै लगानीमा बनाउने भएपछि टिबिआइलाई दिइएको बताउछन । (बाइट…नबिन राज सिंह महानिर्दशक बिद्युत बिकास बिभाग)

यसरी उर्जामन्त्री शाहीले जांदा जादै सुटुक्क मन्त्रालयले सम्पूर्ण अध्ययन भइसकेको ६५० मेगावाटको तामाकोसी तेस्रो आयोजना बिनाप्रतिस्पर्धा दिनुले ठुलो कमिसनको खेल भएको एनआरएनए सम्वद्ध अधिकारीहरुले नै दावी गरेका छन् । नर्वेको एसएन पावरले वातावरणीय प्रभाव मूल्यांकनसमेत तयार गरी अध्ययन पुरा गरेको तामाकोसी तेस्रोबाट ०७२ पुस २८ गते हात झिकेपछि यो आयोजना लगानी बोर्ड मातहतमा आएपनि तत्कालिन उर्जा मन्त्री शाही र कर्मचारीको मिलोमतोमा लाइसेन्स दिएको बुझन सकिन्छ । टीबीआई होल्डिङले गत असोज २४ गते निवेदन दिएकै भोलिपल्ट ऊर्जा मन्त्रालयले लाइसेन्स दिनुले पनि थप रहस्यमय देखिएको छ । कानुनी प्रक्रिया नपु¥याइ रातारात लाइसेन्स लिनुले पनि तामोकोशीको तेस्रो बिवादमा फेरी तानिएको छ ।
टिबीआई होल्डिंग्सका प्रमुख भवन भट्टले एनआरएनएको अध्यक्ष भएलगत्तै ३ वर्ष भित्रमा आफुले ५०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेका थिए ।
क्यामरा पर्सन सुनिल शाहीका साथमा एबीसी रिपोर्टर छबि सापकोटा, काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group