ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध मुर्ति तोडफोड विषयमा सीसी क्यामराबाट अनुसन्धान सुरु ( भिडियोसहित)


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   ११ : ५७   बजे

बुटवल, ३ साउन । विश्व समुदायले शान्तिका अग्रदुतका रुपमा स्वस्कार गर्ने बुद्धका प्रतिकहरु भने बुद्धकै जन्मभूमिमा अपमानीत गर्ने प्रयास भएको छ । बुद्धको जन्मभुमी लुम्बिनीदेखि ३० किलोमिटरको दुरीमा रहेको बुद्धकै बाल क्रिडास्थल तिलोत्तमास्थित मुख्य सडकको मेडियनमा राखिएका बुद्ध मुर्तिहरु तोडफोड भएका छन् ।

बिश्वभर जनमानसले शान्ति दर्शनको प्रबर्तकका रुपमा स्विकारिएका बुद्ध आफ्नै जन्मस्थलमा अराजकहरुको आक्रमणमा परेकाछन् । सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्डको तिलोत्तमामा बिहीबार मध्यराति ५ वटा बुद्धका मुर्तिहरु तोडफोड गरिएको छ । ब्यस्त राजमार्गको मध्यभागमा स्थापना गरिएको बुद्धका मुर्तिहरु अज्ञात समुहले तोडफोड गरेको हो । राजमार्ग खण्डको शंकरनगरदेखि नयां मिल सम्मका ५ वटा मुर्तिहरु योजनाबद्ध रुपमा भत्काईएको अवस्थामा पाईएको छ । ड्राइभर टोलको प्रहरी चौकीलाई मध्यभागमा पारेर त्यस वरिपरिका ५ मुर्ति तोडफोड गरिएको छ ।

राजमार्ग बीचमा राखिएको मुर्ति एकै रातमा लाईन लगाएर भत्काईएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ । बिच सडकको मर्ति भत्काउनेहरुले घर पसलले नै फोड्न पनि सक्ने आशंका छ स्थानीयबासीमा ।

स्थानीबासिन्दाप्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्षलाई मध्यनजर राख्दै तिलोत्तमा नगरपालिकाले गत बैशाखमा राजमार्गमा २२ वटा बद्धका आकर्षक मुर्ति स्थापना गरेको थियो । १ सय १० किलो बढीको बुद्धका मुर्ति सडककोबीच भागमा स्थापना गरिएपछि बुद्ध जन्मभुमि लुम्बिनी आउने जाने यात्रीहरुलाई शान्तिको अनुभुति दिलाउन सकेको थियो । तर, मध्य रातमा बुद्ध मुर्ति तोडफोड गरेर धार्मिक सहिष्ण्ुातामा प्रहार गरिएको छ । मध्यरातमा सुनियोजित रुपमा मुर्ति भत्काएर धार्मिक सहिष्णुता र भातृत्व भांड्न खोजिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको ठहर छ ।

सवारी साधनबाट ब्यवस्थित हतियार प्रयोग गरी मुर्ति भत्काईएको अनुमान गरिएको छ । भत्काईएका मुर्तिहरु प्रहरीले संरक्षणका लागि जिल्ला प्रहरी कार्यालय पु¥याएको छ भने स्थानीय ब्यवसायीहरुले जडान गरेको सिसि क्यामराको सहयोग समेत लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख नायब प्रहरी उपरिक्षक भिमलाल भट्टराईले बुद्ध मर्ति तोडफोड हुनुलाई प्रहरीले गम्भिर रुपमा लिएको बताउंछन् ।

मुर्ति तोडफोड भएको स्थान प्रहरी चौकीबाट ५ मिटरको दुरीमा रहेको छ । शान्ति दर्शनको प्रणेता गौतम बुद्ध तिलोत्तमा, रुपन्देही या नेपालको मात्र सम्पत्ती हुंदै होईनन । उनी त बिश्वभरी शान्ति चाहनेहरुका लागि प्रेरणाका श्रोत हुन् । तिलोत्तमामा भएको यो सामाजिक आपराधिक घटनाले नेपाल प्रहरीको सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएको छ । एउटा दर्शनको प्रणेता माथिकै आक्रमणलाई स्थानीय प्रशासनले हलुका ढंगले लिनु हुंदैन । तोडफोडमा संलग्नहरुलाई कानुनको दायरामा ल्याएर जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu