काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार विपद्को सुरुवातदेखि नै सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन्।नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।अध्यक्ष वैद्यले विपद्को समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउँदै सहयोगमा जुटेका सदस्य कम्पनीप्रति आभार व्यक्त गरिन्। खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघसंस्थाप्रति नाइमाले सम्मान व्यक्त गरेको छ। साथै, अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्