ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी, पहिरो र डुबान पीडितलाई उद्धार, राहत र पुर्नस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण (भिडियोसहित)


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   १२ : ०४   बजे

काठमाडौं, ९ साउन । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बाढी, पहिरो र डुबानको सन्दर्भमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । प्रतिपक्षीले प्रभावित क्षेत्रमा सरकारको उपस्थिति कमजोर दावी गरेको छ भने सत्तारुढ सांसदले सरकारको बचाउ गरेका छन् ।

अबिरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरी सयौँको संख्यामा मृत्यु भएको , घाइते भएको, राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा बन्द भएको सन्दर्भमा बुधबार प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रस्ताव र राजपा नेपालको समर्थनमा प्रस्तावमाथि छलफल भएको हो । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी तथा डुबान प्रभावित जिल्लामा सरकारले उद्धार, राहत र पुर्नस्थापनामा ध्यान नदिएको आरोप लगाए ।

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले वर्षात पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरे । उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे । बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद प्रभु शाहले लगातारका वर्षाका कारण तराइबासीमा समस्या भएकोले सरकार सुरक्षित आवास, खाद्यान्न,यातायात र विद्युतको प्रबन्धमा अझै सरकार खट्नु पर्ने सुझाए ।

नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजालले बाढी, पीडितलाई पुनस्थापनका लागि राष्ट्रिय सहमति जुटाउन प्रस्ताव पेश गर्नु परेको स्पष्ट पारे । सांसद रिजालले बाढी, राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गर्नु गरे । जनतालाई राहत, उद्धार र पुनस्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्ष दलहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

नेकपाका सांसद देवेन्द्र पौडेलले अहिले देशमा भएका विपत्तिमा सरकार सम्वेदनशिल रहेको बताए । सरकार प्रभावित क्षेत्रमा पुगेर आफ्नो उपस्थिती जनाएको र जनधनको क्षती भएको ठाउँमा सरकार पुगेको उनको भनाइ छ ।  संसदमा जनप्रतिनिधिले उठाएका सवालहरुमा सरकारले गम्भिर रुपले ध्यान पुर्याउनुपर्छ । उद्धार, राहत र पुर्नस्थापनाको काममा तिव्रता दिनुपर्छ । तीनै तहको सरकारबीच समन्वय गरी विपत्तीबाट जनमानसलाई बचाउनुपर्छ । जनधनको क्षती रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group