ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार दक्षिण गेटको पास व्यवस्थापन कमजोर, सर्वसाधारणलाई सिंहदरबार छिर्न मुस्किल ( भिडियोसहित)


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ११ : ४६   बजे

काठमाडौँ, २७ साउन । सर्वसाधारण प्रवेश गर्ने सिंहदरबार दक्षिण गेटमा व्यवस्थित रुपले गेट पास वितरण गर्न नसकेको भन्दै सम्बन्धित निकायलाई सर्वसाधारणले ध्यानाकर्षण गराएका छन् । प्रविधिको युगमा पनि परम्परागत रुपमा पास वितरण गरि सर्वसाधारणलाई सास्ति दिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबार परिसर । देशकै कार्यपालिका र व्यवस्थापिका रहेको महत्वपूर्ण क्षेत्र । सरकारको केन्द्रीय सचिवालय रहेको स्थान । प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालयहरु एवं संसद सचिवालय रहेको ठाउं अर्थात, सिंगो देश संचालन सिंहदरबारले गर्छ ।

परिसरभित्र सबै मन्त्रालयसहित अन्य विभिन्न सरकारी निकायका गरी करिब ५० वटा भन्दा बढी कार्यालयहरु छन् । यसले गर्दा स्वभाविक रुपमा यहाँ सर्वसाधारणदेखि सरोकारवाला व्यक्तिहरुको भिडभाड हुने नै भयो । तर, सर्वसाधारणलाई सिंहदरबार पस्न भने अझै सास्ति हुने गरेको छ । करिब ७ हजार ५ सय कर्मचारी नियमित सिंहदरबार प्रवेश गर्छन् । मोटरसाइकल करिब ३ हजार, चारपांग्रे गाडी ८०० प्रवेश गर्छन । दैनिक करिब १८ सय देखि २५०० व्यक्तिहरु मन्त्रालय एवं कार्यालयहरुले पठाएको प्रवेश पास मार्फत सिंहदरबार दक्षिण गेट हुंदै प्रवेश गर्ने गरेका छन् ।

तर दक्षिण गेटमा रहेका पाँचवटा झ्यालबाट प्रवेश पास वितरण गरिएको भएपनि प्रभावकारी पास व्यवस्थापन नहुंदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । विभिन्न मन्त्रालयले पास पठाउँछन् । भिड नियन्त्रण गर्न र वितरण प्रणालीलाई प्रभावकारी बनाउन भन्दै पास आएका व्यक्तिहरुको नाम डिस्प्ले बोर्डमा देखाउन खोजिएको छ । तर, दुइ वटा मात्र डिस्प्ले चलेका छन् । तर भिड भने नियन्त्रण हुन सकेको छैन । सर्वसाधारणले सिंहदरबार प्रवेशद्धार नै प्रभावकारी रुपले सञ्चालन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

डिस्प्ले बोर्ड निरन्तर चल्दैनन् । प्रवेश पास वितरणलाई प्रविधिमैत्री बनाउने सिंहदरबार व्यवस्थापनको काम असफल भएको छ । त्यसो त सिंहदरबारभित्रका मन्त्रालयले सर्वसाधारणलाई पास पठाउन पनि कुनै विधि, पद्धती बनाएका छैनन् । क–कसलाई पास पठाइयो र ति व्यक्ति आए आएनन् भनेर कतै हाजिरी हुनेपनि हुंदैन । मन्त्रालयहरुको कुनै एक शाखा अथवा कोठाबाट मात्र पास जाने होइन, जुनकुनै कोठा जुनकुनै शाखाबाट एउटा फोनको भरमा पास जाने गरेको छ । यसले गर्दा सिंहदरबारमा अनावश्यक मान्छेको समेत भिडभाड बढी नै हुनेगरेको छ । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी असम्बन्धित व्यक्तिलाई सिंहदरबार प्रवेशमा सिफारिस नगरिएको बताउँछन् ।

सिंहदरबार प्रवेशका निम्ति मन्त्रालयले नागरिकता, लाइसेन्स, पासपोर्ट, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्रको आधारमा चिट दिने गर्छ । चिट प्रहरीले हेरेपछि मात्र प्रवेश पाइन्छ । पालो कुर्नपर्ने भएकोले कागजात भेरिफाई गर्न निकै समय लाग्छ । यसलाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउने भनिएको भएपनि हालसम्म हुन सकेको छैन ।

सिंहदरबारको सुरक्षा गृह मन्त्रालयले हेरेको भएपनि प्रविधिमैत्री बनाउन सिंहदरबार भित्रका सबै कार्यालयहरु उत्तिकै जिम्मेवार हुनुपर्ने भएकोले व्यवस्थित बनाउन नसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । भविष्यमा प्रविधिमैत्री बनाउँदै लगिने सुवेदीको भनाइ छ ।

देशको केन्द्रविन्दु सिंहदरबार भित्र सेवाग्राहीलाई दिने सेवाको त यस्तो अस्तव्यस्तता छ भने अन्यत्र ठाउँमा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । सर्वसाधारणलाई प्रभावकारी सेवा दिन सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group