ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरित ग्याँस उत्सर्जनका कारण पृथ्वी तात्दै , आर्थिक सामाजिक तथा वातावरणीय संकट थपिदै (भिडियोसहित)


एबीसी न्यूज
९ भदौ २०७६, सोमबार   ११ : ४३   बजे

 

काठमाडौं, ९ भदौ ।  जलवायु परिवर्तनले कृषि, जलस्रोत, वन वातावरण ,जैविक विविधता, क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरण गर्न तथा अनुकुलका कार्यक्रम संचालन पनि हुदै आएका छन् । तर जलवायु परिवर्तनको समस्या अन्तराष्ट्रिय समस्या भएकोले यसले विश्वको आर्थिक सामाजिक सांस्कृतिक र वातावरणीय पक्षमा सिधा प्रभाव पारेको छ ।

विश्वमा जलवायु परिवर्तन दिनप्रतिदिन बढिरहेको छ । यसले मानव जीवन र पर्यावरणलाई नै निकै असर पुराइरहेको छ । प्राणी जगत यसको सिधा मारमा परेको छ । हरितगृह ग्यांस उत्सर्जनका कारण पृथ्वी तात्दै गइरेको छ । पृथ्वीको ताप बढ्दै जादा प्राकृतिक प्रकोप, हिमाल पग्लिदै जानु, हिमताल फूट्नु अनावृष्टि अतिवृष्टीका समस्याले विश्व जगत आक्रान्त छ । जलवायु परिवर्तनका कारण जलचर तथा थलचर प्राणीहरुको अस्तित्व लोप हुँदै गएका छन् ।

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले वर्षेनी झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधारलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ । विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्याँस (ग्रिन हाउस ग्याँस)का कारण तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।

नेपालले प्रतिवर्ष ०.१ प्रतिशत मात्र ग्रिन हाउस ग्याँस उत्सर्जन गर्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागले मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापक्रम वृद्धिदर पहिलेभन्दा बढेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो तथ्य विश्वको औसत बढ्दो तापक्रमभन्दा बढी भएको विशेषज्ञको विश्लेषण छ । यही गतिमा तापक्रम बढ्ने हो भने सय वर्षमा करिब ५ डिग्रीसम्म तापक्रम पुग्न सक्छ । यसरी वृद्धिदर झनै बढ्ने हो भने मानव जिवनमा यसको गम्भिर असर पर्छ । विकसित देशहरुले औद्योगिकीकरण मार्फत धेरै कार्बन उत्र्सजन गर्छन् । औद्योगिक मुलुकहरले गरेको उत्सर्जनबाट नेपालले नोक्सान धेरै बेहोर्न परेको छ । सरकराले जलवायु परिवर्तनको असर नेपालले धेरै बेहोर्नुपरेको भन्दै यस विषयमा अन्र्तराष्ट्रिय फोरमहरुमा विश्व समुदायलाई झकझाउने बताउदै आएको छ ।

सन् २०१५ को पेरिस सम्झौतामा विश्वका १ सय ९७ देशले जलवायु परिवर्तनको असरलाई ध्यान दिँदै पृथ्वीको तापक्रम २ डिग्री सेन्टिग्रेटभन्दा तल १.५ राख्ने प्रयास गर्न सहमत भएका थिए । तर, संयुक्त राष्ट्रको गत वर्षको प्रतिवेदनले हावापानी परिवर्तन गर्ने हरितगृह ग्याँस उत्सर्जनमा उल्लेख्य रूपमा कमी नल्याई त्यसो हुन नसक्ने बताएको थियो ।

पेरिस सम्झौताको लक्ष्यलाई बेवास्ता गरिए औद्योगिकदेखि कृषि उत्पादनमा पनि नराम्रो असर पार्ने देखिएको छ । नेपालले कार्बन उत्सर्जन अत्यन्तै न्यून छ । तर यसको क्षति धेरै बेहोर्न परिरहेको छ । यसर्थ जलवायु परिवर्तनको सवालमा नेपालले अन्तराष्ट्रिय फोरममा गम्भीररुपले उठाउदै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न पहल लिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu