ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस र मानव अधिकारमाथि अङ्कुश लगाउन खोजियो– देउवा


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ७ : ५१   बजे

काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन र अन्तरराष्ट्रिय पत्रकार महासङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यशाला गोष्ठीको उद्घाटनमा उहाँले स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लागे नागरिक अधिकार कुण्ठित हुने बताउनुभयो ।

सभापति देउवाले आफ्नो पार्टी लोकतन्त्रको रक्षाका लागि स्थापना भएको उल्लेख गर्दै विगतदेखि नै लोकतन्त्रको रक्षाका लागि विभिन्न लडाइँ लडेको र अब पनि यसमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांँग्रेस नेता डा मीनेन्द्र रिजालले मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन नियमन, मानवाधिकार र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तथा कानूनका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत भएको आरोप लगाउनुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका एशिया प्रशान्त क्षेत्रीय निर्देशक जेन वर्थिङ्टन, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारीलगायतले पछिल्लो समयमा प्रेसमा देखिएका चुनौती र युनियनजस्ता संस्थाको भूमिकाका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu