ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारसँग साधन र स्रोत प्रशस्तै मात्रामा भएपनि काम गर्नेतर्फ चासो नदेखाएको आरोप (भिडियोसहित)


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ६ : २९   बजे


काठमाडौं, १९ भदौ । संस्कृति र सम्पदासँग सम्बन्धित विज्ञहरुले सम्पदाको संरक्षण गर्न सरकारले सक्रियता नदेखाएको आरोप लगाएका छन् ।
एबीसी टेलिभिजनको ११ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘विकास वर्ष २०७६’ मा बोल्दै उनीहरुले सरकारले सक्रियता देखाउन सकेमात्र अरु पक्षले गरेको पहलकदमी प्रभावकारी बन्न सक्नेमा जोड दिए । राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख भीम नेपालले सरकार संस्कृति र सम्पदाको पुनर्निर्माणमा उदासिन भएको बताउनुभयो ।

उहाँले सरकारसँग साधन र स्रोत प्रशस्तै मात्रामा भएपनि काम गर्नेतर्फ चासो नदेखाएको आरोप लगाउनुभयो । उहाँले सरकारले सन् २०२० लाई पर्यटक वर्ष मनाउने घोषणा गरेपनि पर्यटकलाई आकर्षित गर्ने कुनैपनि योजना सरकारसँग नभएको भन्दै सरकारको कार्यशैलीको आलोचना गर्नुभयो । नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष डा. भक्त राईले सरकारसँग समन्वय गरेर आफूँहरु काम गर्न तयार भएपनि सरकारले यस क्षेत्रमा बसेर काम गर्नेसँग समन्वय गर्न नचाहेको आरोप लगाउनुभयो । राइले सरकारका हरेक नीति र कार्यक्रम प्रभावकारी भएपनि कार्यान्वयनमा समस्या देखिएको टिप्पणी गर्नुभयो ।

ठमेल –कमलपोखरी पुनस्र्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले उपत्यकाका धेरै सम्पदा पुननिर्माणको पर्खाइमा रहेको बताउनुभयो । भइरहेका सम्पदालाई नष्ट गरेर घर र भवन बनाउने काम भएको भन्दै उहाँले आफूहरु संरक्षण र संवद्र्धनमा लागिरहेको स्पष्ट पार्नुभयो ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सरकारले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो । प्रवक्ता कुँवरले सरकारले प्राथमिकताका आधारमा सम्पदाको निर्माण र व्यवस्थापन गरिरहेकोमा जोड दिनुभयो । उहाँले सबैको सहयोग र समन्वय भएको खण्डमा भूकम्पपछिको पुननिर्माण गर्न कुनै समस्या नहुने तर्क गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group