ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आज स्वदेश फर्कदै


एबीसी न्यूज
२० भदौ २०७६, शुक्रबार   ८ : ५२   बजे

काठमाडौं, भदौं २० । दुई साता लामो स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार स्वदेश फर्कदै हुनुहुन्छ । थाई एअरको नियमित उडानबाट आज मध्यान्न सवा १२ बजे प्रधानमन्त्री ओली स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर जानुभएका नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेल पनि स्वदेश फर्कनुहुनेछ ।

उहाँको उपचार प्लाज्मा फेरेसिर बिधिबाट सात पटक गरिएको छ । उपचार सकिएसँगै प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले दिनुभएको जानकारी अनुसार थाइ एअरको नियमित उडानबाट प्रधानमन्त्री ओली मध्यान्न भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । उहाँ सिंगापुरबाट आज बिहानै स्वदेश प्रस्थान गरिसक्नुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आज थाइ एअरको उडानबाट स्वदेश फर्कनु हुनेछ,’ प्रमुख स्वकीय सचिव भण्डारीले भन्नुभयो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको सरीरमा एन्टिबडी बढेपछि नष्ट गर्नको स्वास्थ्य अवस्था राम्रो भएको छ ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेपछि प्रधानमन्त्री ओलीको भदौ ६ गतेबाट सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार गरिएको हो । प्रधानमन्त्री ओलीले साउन १८ गते सिंगापुर प्रस्थान गरी सिंगापुरको सोही हस्पिटलमा मृगौलाको परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।

गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu